२१ कात्तिक २०८३, शनिवार

योगा सबैले सजिलै पहुँच राख्न सक्ने सर्भसुलभ विज्ञान-ठाकुर

२०७१ चैत ५, बिहिबार
योगा सबैले सजिलै पहुँच राख्न सक्ने सर्भसुलभ विज्ञान-ठाकुर

काठमाडौं । योग चिकित्सक डा.भरत ठाकुरले योगा सर्वसुलभ विज्ञान भएको बताएका छन् । पहिलो अन्तर्राष्ट्रिय योगा दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासले बुधबार आयोजना गरेको भोइसको २५औं संस्करणमा बोल्दै ठाकुरले सो कुरा बताएका हुन् ।

योगा सबैले सजिलै पहुँच राख्न सक्ने सर्भसुलभ विज्ञान भएको र जसद्वारा दिमागको परिवर्तन संयोजन गर्ने उनको भनाई यियो । ‘योगा जीवनको एउटा महत्वपूर्ण मार्ग हो, यसले कसैलाई पनि हानि गर्दैन ।’ उनले भने ‘जीवनकै एउटा पाटो योग नै हो । हरेक क्षण लिने श्वासलाई ध्यानपूर्वक मनन गर्दा महत्वपूर्ण प्राणायम गरेको प्रमाणित हुनेछ । तपाईं जुनसुकै स्थानमा पनि योगा गर्न सक्नुहुन्छ ।’ ठाकुरले विभिन्न योगाजस्तै हथा, अष्ठानंग, कर्म, कुण्डलिनीमा दक्षता हासिल गरेका छन् ।dr-bharat_thakur1

विभिन्न आसनका व्याख्या गर्दै उनले पाठकलाई योगबारे प्रयोगात्मक ज्ञानसमेत बाँडे । ‘योगाको कुनै धर्म वा विश्वाससँग सम्बन्ध छैन,’ डा. ठाकुरले स्पष्ट पारे । भारतीय दतावासका प्रथम सचिव तथा बीपी कोइराला नपाल–भारत कोषका सचिव अभय कुमारले ठाकुरलाई मायाका चिनो प्रदान गरे ।

अभिलेख

लोकप्रिय