१ वैशाख २०८३, मङ्गलबार

सहकारी दिवसमा रचनात्मक कार्य गरे कसो होला !

२०७१ चैत ३, मङ्गलबार
सहकारी दिवसमा रचनात्मक कार्य गरे कसो होला !


काजी श्रेष्ठ / 
नेपालको सहकारी अभियानको लागि चैैत २० गते विशेष दिन हो । विशेया यस अर्थमा कि यस दिन राष्ट्रिय सहकारी दिवस मनाइन्छ । ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने नाराका साथ ५८ औं राष्ट्रिय सहकारी दिवस बिबिध कार्यक्रमका साथ मनाइँदैछ । देशका सबैजसो जिल्लामा सहकारी दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ ।

‘भव्यताका साथ’ भनिए पनि विगतका वर्षभन्दा खासै फरक तवरले मनाउने कार्यक्रम भने छैन । विभिन्न झाँकी, र्याली, प्रभातफेरी र सभामा परिण गर्ने यी नै यस वर्षका सहकारी दिवसका विशेष कार्यक्रम हुन । जुन विगतका वर्षमा पनि गरिँएका थिए । यस्ताखाले कार्यक्रमले खासै उपलब्धी भने हुने देखिदैन । बरु घण्टौं सडक जाम गराएर जनतालाई दुःख भने हुने छ । काठमाडौंको सडक एक घण्टा अवरुद्ध भयो भने त्यसको प्रभाव दिनभर रहन्छ । त्यो दिन भए नभएका सहकारीकर्मीहरू जम्मा भएर नारा, र्याली, जुलुसको नाममा सडक अवरुद्ध पार्नु, भाषण गर्नुको सट्टा केही रचतात्मक काम गरेर देखाउन सके सहकारीप्रति आम जनताको विश्वास बढेर जाने छ । वास्तवमा सहकारीले गर्ने काम यस्तो होइन । जनतालाई अनेक दुःख दिने काम सहकारीको त झन् हुँदै होइन । र्याली, प्रभातफेरी जस्ता कार्यक्रम गरेर जनतालाई दःख दिने काम सहकारीले गर्ने होइन । यस्ता परम्परालाई तोडेर असल कामको अभ्यास गर्न जरुरी छ ।
०००
बाग्मती सफाई महाअभियानले एउटा तरङ्ग फैलाएको छ । हरेक शनिबार विभिन्न निकायका व्यक्ति, सर्वसाधारण बाग्मती सफाई अभियानमा सामेल हुने गरेका छन् । यो अभियान अहिले सबैको चासोको विषय बनेको छ । हरेक शनिबार विभिन्न तप्काका मानिसको जमघट ‘फोहोर’ बाग्मती नदीमा हुने गरेको छ । यो अभियान सुरु हुनु अघिको बाग्मती र अहिलेको बाग्मतीले फरक रूप धारण गरेको महसूस गर्न सकिन्छ । यस महान अभिनमा सहकारीकर्मीको सहभागिता किन नहुने ? केही सहकारीकर्मीे यस अभियानमा लागेका पनि छन् । राट्रिय सहकारी संघले सुरुका दिनमा चासो देखाएको भए पनि अहिले उस्तैगरी काम हुन सकेको छैन । यी र यस्ता काम सहकारीले गर्नुपर्ने भएपनि त्यस अनुरूप हुन नसकेको स्वीकार्नैपर्छ ।

राष्ट्रिय सहकारी संघका संचालकहरू राजनीति बाहेक केही सोच्न छोडेको भान हुन्छ । सहकारीको बारेमा समेत उनीहरूलाई सोच्ने फुर्सद हुदैन । सकेसम्म प्रत्येक हप्ता, नसके चैत महिनाभर त्यति पनि नसके एक हप्ता मात्र भएपनि असली सहकारीकर्मी हुन के भो र ? हजारौं मानिस सडकमा नारा लगाउँदै सडक अवरुद्ध पार्नुको सट्टा बाग्मती सफाइ गर्न सामेल भएदेखि त्यसको उपलब्धी राम्रै हुन्थ्यो होला । यस तर्फ सबै सहकारीकर्मीले एक पटक सोच्ने कि !

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय