२१ कात्तिक २०८३, शनिवार

माउण्ट धौलागिरी आफ्नै भवनमा

२०७१ चैत १, आईतवार
माउण्ट धौलागिरी आफ्नै भवनमा

काठमाडौं । माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै आधुनिक ‘माउण्ट धौलागिरी भवन’ बाट सेवा सुरु गरेको छ ।

सो नवनिर्मित भवनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले शनिबार गरे । उक्त कम्प्लेक्सबाट आफ्नो बहुउद्देश्यीय गतिविधि सञ्चालन गर्ने तयारी पनि संस्थाले गरेको छ । संस्थाले सोही भवनमा माउण्टेन फूडल्याण्ड तथा पार्टी प्यालेस सञ्चालनको अन्तिम तयारी गरेको छ । यस्तै आफ्नो कम्प्लेक्समा रहेको विभिन्न सेवाहरुमा सदस्यहरुलाई छुट दिने जनाएको छ ।

त्यसैगरी अन्य विभिन्न सेवा प्रदायक संस्थाहरुसँग छुटको संझौताहरु भइरहेको र उक्त छुटको लागि चाँडै सदस्यहरुलाई प्रिभिलेज कार्ड वितरण गर्ने तयारी गरेको संस्थाका प्रवन्ध निर्देशक गोविन्द शर्माले जानकारी दिए ।

अभिलेख

लोकप्रिय