२१ कात्तिक २०८३, शनिवार

जोखिमलाई न्युनीकरण र नियमनलाई प्रभावकारी बनाउनु आवश्यक : घिमिरे

२०७१ चैत १, आईतवार
जोखिमलाई न्युनीकरण र नियमनलाई प्रभावकारी बनाउनु आवश्यक : घिमिरे

धनुषा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले बचत तथा ऋण सहकारी अभियानको उपलव्धिलाई संस्थागत गर्दै जोखिमलाई न्युनीकरण र नियमनलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताएका छन् । यसका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐन तथा नियमावलीको व्यवस्था गर्नुपर्ने बताए ।

आइतबार जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाको पांचौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै घिमिरेले मुलुकभरका सहकारीहरुको सञ्चालनलाई व्यवस्थित र एकरुपता दिनका लागि एकीकृत साकोस प्रणाली लागु गर्ने तयारी नेफ्स्कूनले गरिरहेको धारणा राखे । सदस्य संघसंस्थाहरुको हित र क्षमता अभिवृद्धिका लागि नेफ्स्कून प्रतिवद्ध रहेको बताउदै सहकारी सुशासन र अनुशासनका लागि सहकारीकर्मीहरुलाई जिम्मेवार हुन आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा आफुहरु क्रियाशिल रहेको बताए । राज्यले सहकारी क्षेत्रको प्रवद्र्धन र व्यवस्थापनमा नीतिगत र कार्यक्रमक सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

सभाले नयां सञ्चालक समिति र लेखा समिति गठन गरेको छ । संघको अध्यक्षमा पुनः ध्रुवनारायण यादव निर्विरोध निर्वाचित भए । समितिको उपाध्यक्ष मुकेश थापा, सचिव सञ्जय साह, कोषाध्यक्ष सुर्यनारायण यादव, सदस्यहरु सत्तेन्द्र निधि, सुर्यकलादेवी साह, सुधिर पाण्डे, विजय महतो, लक्ष्मी महतो र राजेन्द्र किरण र प्रमोद सिटान लगायत रहेका छन् । त्यसैगरी लेखा समितिमा संयोजक रामानन्द ठाकुर र सदस्यहरु गंगा बलमपाखी र सुरेश साह निर्वाचित भएका छन् ।

अभिलेख

लोकप्रिय