२१ कात्तिक २०८३, शनिवार

सहकारीताकाे माध्यमबाट देशकाे अार्थिक सम्भव हुने कांग्रेसका उपसभापति पौडेलकाे भनाइ

२०७१ फागुन ३०, शनिवार
सहकारीताकाे माध्यमबाट देशकाे अार्थिक सम्भव हुने कांग्रेसका उपसभापति पौडेलकाे भनाइ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहकारीताकाे माध्यमबाट देशकाे अार्थिक विकास सम्भव हुने बताएका छन् । माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उपसभापति पौडेलले साे कुरा बताएका हुन । उनले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न जरुर रहेकाे पनि बताए ।

नेपालमा सहकारीको शुरुवात विपी कोइरालाले गरेको चर्चा गर्दै उनले सहकारीलाई आधार स्तम्भ बनाउन आवश्यक भएको बताए । ‘सहकारी विपी कोइरालाले शुरु गरेका हुन् तर विपीले शुरु गरे जस्ताे हुन सकेको छैन्, यसकालागि सबै लाग्नु पर्छ ।’ उनले भने ।

कार्यक्रमा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले सहकारी र निजी क्षेत्रले देशको आर्थिक छलाङ मार्न सक्ने बताए । सहकारी र निजी क्षेत्रले मात्रै एक्लै केही गर्न नसक्ने भन्दै उनले सबैै मिलेर मात्र देशको आर्थिक विकास गर्न सकिने बताए ।

mount_dhaulagiri_maltipurpose_cooperative1

साधारणसभाकाे अवसरमा संस्थाले माउण्ट धौलागिरी कम्प्लेक्सको पनि उद्घाटन गरिएकाे छ । २ करोड ४४ लाखकाे लगानीमा कम्प्लेक्स सञ्चालनमा ल्याएको हो । उक्त कम्लेक्सको एक तलाबाट सहकारीको कारोबार गर्ने र अरु सबै तला भाडामा लगाइने संस्थाका प्रबन्ध निर्देशक गोविन्द शर्माले बताए । संस्थाले भाडावापत २ लाख मासिक आम्दानी गर्ने उनले बताए । सय २९ सदस्य रहेकाे यस सहकारीले वार्षिक २५ करोडको कारोबार गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय