२१ कात्तिक २०८३, शनिवार

सहकारी, सहकारीकर्मी, पत्रकार र राष्ट्रसेवकलाई सरकारले सम्मान गर्ने

२०७१ फागुन २९, शुक्रबार
सहकारी, सहकारीकर्मी, पत्रकार र राष्ट्रसेवकलाई सरकारले सम्मान गर्ने

काठमाडौं । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सरकारले सहकारी, सहकारीकर्मी, पत्रकार र राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्ने भएको छ ।

सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनका लागि विशिष्ट योगदान पुर्याउने सहकारी संघ संस्था, महिला सहकारीकर्मी, सहकारी पत्रकार र राष्ट्रसेवक गरी चार क्षेत्रमा पुरस्कार तथा सम्मान गर्न लागेको हो । पुरस्कारका लागि आफूले गरेको विशिष्ट कार्यहरु संलग्न गरी चैत १० गते भित्र क्षेत्राधिकार भएको डिभिजन सहकारी कार्यालयमा आवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उत्कृष्ठ कार्य गर्ने सहकारी संघ÷संस्था ३ वटा, सहकारीकर्मी (एक महिला समेत) २ जना, सहकारी पत्रकार १ जना, राष्ट्रसेवक (सहकारीमा कार्यरत) ४ जनालाई पुरस्कार वितरण गरिने मन्त्रालयले जनाएको छ ।

अभिलेख

लोकप्रिय