६४ सहकारीलाई २ करोड २२ लाख अनुदान, कुन सहकारीले कति पाए ? (अनुदान पाउने सहकारी र रकम सहित)
काठमाडौं । सहकारी विभागले यस वर्ष देशरभरका ६४ सहकारी संघ/संस्थालाई २ करोड २२ लाख अनुदान वितरण गरेको छ ।
देशभरबाट आवेदन माग गरेका सहकारीमध्ये विभागले ६४ सहकारी संघ÷संस्थालाई अनुदान वितरण गरेको हो । विभागले यसवर्ष पशुपालन र पशुजन्य उद्योग स्थापनाका लागि सबै भन्दा बढी अनुदान वितरण गरेको छ । विभागले सहकारी उद्यम तथा परियोजना स्थापना र विस्तारका लागि सहकारी संस्थाहरुलाई अनुदान दिदैं आएको छ । विभागले ‘सहकारी संघरसंस्थालाई उपलब्ध गराइने अनुदान तथा भन्सार महसुल छुट सुविधा सिफारिससम्बन्धी कार्यविधि २०६८’ अनुसार वितरण गरिको विभागका बरिष्ठ कृषि अर्थविज्ञ विष्णु प्रसाद घिमिरेले बताए । छनोट भएको संस्थालाई किस्ता किस्तामा रकम वितरण गरिने उनले बताए ।
विभागले गाईभैंसी, बाख्रापालन, भेडा, बंगुर, अलैँची, उखु, माछापालनलगातय सम्बन्धित पेसा तथा उद्योगहरु विस्तारका लागि ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै सीमान्तकृत समुदाय, दलितका पेसा, सहकारी संस्थाहरुद्वारा स्थापना गरिएका बजार तथा उद्योगहरुको सुदृढीकरणका लागि अनुदान सहयोग गर्दै आएको छ । योभन्दा अघि विभाग तथा सम्बन्धित निकायबाट अनुदान प्राप्त गरिसकेका संघरसंस्थाहलाई एउटै प्रयोजनका लागि अनुदान पाउँदैन । तर विभागले उद्योग विस्तार गरी उत्पादनमा विविधीकरण ल्याएका संघरसंस्थाहरुलाई भने अनुदान माग गर्न बन्देज नहुने जनाएको छ ।
सहकारीमार्फत उत्पादकत्व बढाउन सरकारले आव २०६५र०६६ देखि सहकारीलाई अनुदान दिने कार्यक्रम सुरु गरेको गरेको हो । यसअघि सरकारले आव २०६९/०७० मा १ करोड ४५ लाख , २०६८/०६९ मा १ करोड २० लाख, २०६७/०६८ मा १ करोड २० लाख, २०६८/०६९ मा ५ करोड ९४ लाख रुपैयाँ, २०६६/०६७ मा ९० लाख र आव २०६५/०६६ मा ७५ लाख रुपैयाँ अनुदान दिएको थियो ।
यि हुन् अनुदान पाउने सहकारी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार




