२१ कात्तिक २०८३, शनिवार

ललितपुरमा १ सय ७३ सदस्यीय ‘सहकारी दिवस’ मुल समारोह समिति गठन

२०७१ फागुन २६, मङ्गलबार
ललितपुरमा १ सय ७३ सदस्यीय ‘सहकारी दिवस’ मुल समारोह समिति गठन

ललितपुर । ‘५८औं राष्ट्रिय सहकारी दिवस’ मनाउनको लागि जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालको संयोजकत्वमा १ सय ७३ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा डिभिजन सहकारी कार्यालय ललितपुरका सहकारी अधिकृत धर्मराज रोकाय रहेका छन् ।

जिल्ला स्तरमा जिल्ला सहकारी संघको संयोजकत्वमा सहकारी दिवस मनाउने प्रचलन रहेको छ । ललितपुर जिल्ला संघ तथा सम्पूर्ण विषयगत जिल्ला संघको सोमबार भएको बैठकले सहकारी दिवस भव्य रुपमा मनाउनकालागि विभिन्न ९ वटा समिति समेत गठन गरिएको मुल समारोह समितिका संयोजक माधव दुलालले सहकारीखबर डटकमलाई बताए ।

१९ गते मोटरसाइकल र्याली र २० गते प्रभात फेरी कार्यक्रम गरि सभामा परिणत हुने कार्यक्रम तय भएको छ । ‘यस वर्षको सहकारी दिवसको नारालाई सार्थक तुल्याउनको लागि विचार गोष्ठि समेत गर्ने छौं’ संयोजक दुलालले भने । गोष्ठिको मिति भने तय भैनसकेको र केही दिनमै तय हुने उनले बताए ।

बैठकले प्रभातफेरी व्यवस्थापन समिति, स्वंमसेवक समिति, आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, विचार गोष्ठि व्यवस्थापन समिति, मोटरसाइकल र्याली व्यवस्थापन समिति, मुल्याङ्कन समिति, प्रचारप्रसार समिति र अनुगमन समिति गठन गरिएको हो ।

पुरस्कार तथा सम्मान
‘५८औं राष्ट्रिय सहकारी दिवस’ जिल्ला मुल समारोह समितिले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न सम्मान तथा पुरस्कार वितरण गर्दैछ । पुरस्कार छनोटका लागि छुट्टै समिति समेत गठन गरेको छ । समितिले १५ वर्ष भन्दा बढी संस्थामा काम गर्ने कर्मचारीलाई दिर्घसेवी पुस्कार, पुरानो संस्था सम्मान, पुरानो सहकारीकर्मी सम्मान, उत्कृष्ठ कर्मचारी सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

अभिलेख

लोकप्रिय