चन्द्रसूर्य साकोसको तीन वर्षिय ‘रणनीतिक योजना तर्जुमा गोष्ठि’ सम्पन्न
काठमाडौं । ललितपुर स्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था (साकोस)को तीन वर्षिय रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।
२२ देखि २४ सम्म भएको गोष्ठिमा संस्थाका पदाधिकारी, लेखा समिति, सबै उपसमिति र कर्मचारीको उपस्थित रहेको थियो । आगामी तीन वर्षमा संस्थालाई कुन स्थानमा पुर्याउने र के कस्ता काम गर्ने भन्ने विषयमा छलफल भएको संस्थाका अध्यक्ष रामशरण बस्नेतले बताए ।
गोष्ठिमा संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणलाई मध्येनजर गर्दै ११ बुँदा नियमानली तथा कार्यविधी र निर्देशिका संशोधन तथा थप गर्ने निर्णय भएको अध्यक्ष बस्नेतले बताए । त्यस्तै संस्थाले सदस्यता विस्तार, शेयर बृद्धि, बचत बृद्धि, सदस्यहरुमा सहकारी तालिम र सहकारी शिक्षामा जोड दिने उनको भनाई थियो । संस्थाले स्थानीय स्तरको टिपिकल उद्योग व्यवसाय धरासायी हुनबाट बचाइ यसको बैज्ञानीकीकरणमा सहयोग गर्ने, योजना मार्फत सामाजिक कार्य र सदस्य शिक्षामा जोड दिने, स्थानीय पाठ्यक्रम अनुसार सहकारी शिक्षामा जोड दिने लगायतका तीन वर्षिय रणनीतिमा राखेको छ ।
चन्द्रसूर्य सहकारी समुदाय र सदस्यकेन्द्रीत सहकारी हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
