२ माघ २०८२, शुक्रबार

छुन मनाही छ, हेर्नै पाइदैन ‘नो इन्ट्री’

२०७१ फागुन २५, सोमबार
छुन मनाही छ, हेर्नै पाइदैन ‘नो इन्ट्री’

जहाँ मनाही अथवा नो इन्ट्रीको ट्याग लागेको हुन्छ, त्यहाँ ‘दालमा कुछ काला छ’ भन्ने हाम्रो सोचाइनै वसिसकेको छ । जहाँ नो स्मोकिङ छ, जहाँ पिसाव फेर्न मनाही छ, त्यही त्यही गर्नु र जहाँ फोहरफाल्न पाइदैन भनिएको स्थानमा फोहर फाल्न मन लाग्नु हाम्रो परिवेशमा नौलो मानिरहनु पर्दैन । अझ नो इन्ट्रीमा घुस्नुको मजानै वेग्लै छ । तर आजभोली, जहाँ पिसाव फेर्न मनाही छ, फोहरफाल्न पाइदैन भनिएको स्थानमा कुनै उपाए नलागेर भगवानका फोटा टाँसिदिने गरेपछि त्यो समस्या केही हल हुन थालेको छ । अव प्रसंग जोडौं नेपालको सहकारी क्षेत्रको । विशेषगरी सहकारी क्षेत्रमा कसले कसलाइ नो इन्ट्रीको भूत देखाएर तर्साउने गरेका छन त ? सर्वप्रथम कुरा कोट्याउँ सहकारीका केन्द्रीय संघहरुमा, तपाइ सहकारीकर्मी हो तर तपाइ यदी कुनै पार्टीको झण्डामुनी हुनुहुन्न भने त्यहाँ तपाइलाइ नो इन्ट्री को भूत लगाइन्छ तपाइ सहकारी नेता वन्न सक्नु हुन्न ।

त्यसैले तपाइ कुनै पाटीको टिकट लिइहाल्नुस् । तपाइ सहकारीको नेता हुनुहुन्छ भने तपाइको प्रारम्भिक सहकारी पनि त होला उसो भए तपाइले सहकारी नियामक निकायलाइ नो इन्ट्री गरेको हुनु पर्दछ कस्तै मैं हुँ भन्ने दक्ष कर्मचारी आए पनि नो इन्ट्री मात्र हैन छुन मनाही छ, हेर्नै पनि पाइदैनको ट्याग मूलढोकामा झुण्ड्याइदिनु भएको होला हैन् त । एक त दक्ष र पर्याप्त कर्मचारी नभएको वाहना गर्दै आएको सहकारीको नियामक निकायलाइ तपाइ जस्तो सहकारीको पँउचवालाले पक्कै छाडनु हुन्न । ढोकामा नो इन्ट्रीको भोटेकुकुर पाल्नुभएको छ, भित्र पस्ने आँट कसरी गरोस विचराले । उ विचरो भित्र नपसेपछि तपाँइले जे गरे पनि भयो फेरी तपाइ पर्नु भयो सहकारीको गनेमानेको नेता । तपाइहरुकै सहकारी ठूला तपाइहरुकै सहकारी अनुगमनको नाटक गरेर नाङलो ठटाएर हात्ती तर्साउन खोज्ने । ठूला भनिएका सहकारी र मैं हु सहकारीको खाइलाग्दो नेता भनाउँदाका संस्थामा लगाएको नो इन्ट्रीको भूत हटाएर नियामक निकायले छु मन्तरको जल छर्कने हिम्मत नगरे सम्म सहकारीका समस्या वाहिर आउनेवाला छैनन् । समस्या समाधानका उपायहरु पनि खोजिने जर्मको हुने छैन । समस्या लुकाउदै जाँदा सहकारी अभियानले कहिले आक्षेपवाट मुक्ति पाउने । त्यसै गरी अनुशासनमा चलेका सहकारीहरु लाइ अनुगमनको नाउमा नियमनकारी निकायहरुले देखिएका थोरै समस्या सुधार गराउने वहानामा वार्गेनिङ गर्ने र चोर औंला उठाउने, ठूला अनि नेताका सहकारी लाइ गंगाजल छर्कने काम हुँदै गएमा यो क्षेत्र सर्वसाधारणका लागि नदिको दूइ किनार भएन र सहकारी नेता ज्यू ।

आउनजेल सम्म विभिन्न वाहानामा सहयाग भन्दै तान्ने फुर्क्याई फुर्क्याई, समस्यामा परेपछि हामी चिन्दैनौं भन्न नैतिकताले दिन्छ त नेता ज्यू । त्यसैले सोझा सिधा सहकारीलाइ नियमनकारी निकायको नो इन्ट्री र ठूलावढा अनी सहकारी नेताहरुको संस्थामा नियमनकारी निकायलाइ लगाउने गरेको नो इन्ट्रीको भोटे कुकुरको साङलो अव वास्तवीक अनि सहकारी मूल्य मान्यतामा चलेका सहकारीका अगुवाहरुले फुकाउने आँट गर्नु जरुरी छ । अनी जरुरी छ ती सहकारी नेताहरुलाइ भन्न की छुन मनाही छ ,हेर्न पनि पाइदैन, नो इन्ट्री  । की कसो त ? – वर्तमान सहकारी मासिक, अंक ७ मा प्रकाशित

अभिलेख

लोकप्रिय