२१ कात्तिक २०८३, शनिवार

इन्डो-नेपाल मैत्री मोटर र्‍यालीको दोश्रो चरण काठमाडौंबाट सुरु

२०७१ फागुन २२, शुक्रबार
इन्डो-नेपाल मैत्री मोटर र्‍यालीको दोश्रो चरण काठमाडौंबाट सुरु

काठमाडौं । इन्डो-नेपाल मैत्री मोटर र्‍यालीको दोश्रो चरण बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको प्राङ्गणबाट सुरु भएको छ । र्‍यालीको उदघाटन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा गरे ।

indo-nepal_Moter-Rally1

२५ गाडीमा चालक, नेभिगेटर, मेकानिक्स तथा मिडियाकर्मी गरी ८३ सदस्यीय टोली र्‍यालीमा सहभागी छन् । र्‍याली पोखरा, लुम्विनी, धनगढी, महेन्द्रनगर हुँदै भारतको नयाँदिल्लीस्थित इन्डिया गेटमा पुगेपछि मार्च ८ तारिखमा औपचारिक रुपमा सम्पन्न हुनेछ । संस्कृति, प्रकृति र साहसिक अभियानको प्रवद्र्धन गर्ने उउद्देश्यका साथ आयोजना गर्न लागिएको यस र्याली फेब्रुअरी २७ मा भारतको उडीसाको पुरीबाट सुरु भएकाे थियाे ।

नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) तथा भारतको कालिङगा मोटर स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित र्‍यालीको पहिलो चरण फेब्रुअरी २७ तारिखमा भारतको उडिसास्थित पुरीबाट सुरु भइ जोगबनी नाकाबाट नेपालको विभिन्न भाग परिक्रमा गर्दै गत मंगलबार धुलिखेलमा आएर सकिएको थियो ।

भारत र नेपालबीच विद्यमान बर्षाैं पुरानो सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई उजागर गर्दै यस र्यालीले जगननाथ, पुरी र पशुपतिनाथ साथै भगिनी शहरहरु बोधगया र लुम्बिनीलाई जोड्ने जनाएको छ ।

indo-nepal_Moter-Rally2

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत बर्ष सम्पन्न भएका ऐतिहासिक नेपाल भ्रमणपछिका नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको गतिलाई घनिभूत गराउने तथा जनस्तरको सम्बन्ध मजवुत गर्नको लागि यो ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ ।

पुरी र काठमाडाैं दुबै शहरहरु तिर्थालुहरुको प्रमुख केन्द्र भएकोले यो कार्यक्रमको अहम महत्व रहेको छ । बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया र बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्ध मार्गलाई समेत यस यात्राले विशेष महत्व दिने जनाएको छ ।

indo-nepal_Moter-Rally3

कार्यक्रमले दुबै देशका धार्मिक तथा साहसिक पर्यटनलाई घनिभूत गराउँने उद्धेश्य राखेको छ । पहिलो चरणमा ¥याली समुद्र सतहदेखि सुरु भै हिमालयका उच्च हिमालहरुसम्म पुग्नेछ भने दोश्रो चरणमा ¥यालीले दुई देशका महत्वपूर्ण सहरहरु, काठमाण्डौं र दिल्लीलाई जोड्ने आयोजकले जनाएको छ ।

अभिलेख

लोकप्रिय