२१ कात्तिक २०८३, शनिवार

सहकारी विकास बोर्डको ७२ औं बैठक : बजेट निर्माणकालागि समिति गठन

२०७१ फागुन १८, सोमबार
सहकारी विकास बोर्डको ७२ औं बैठक : बजेट निर्माणकालागि समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्षका लागि बजेट निर्माणका लागि एक समिति गठन गरिएको छ । सहकारी विकास बोर्डले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने कार्यक्रमबारे सुझाव दिन सात सदस्यीय समिति गठन गरेको हो ।
शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको ७२ औं बैठकले बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको बोर्डले जनाएको छ । समितिमा बोर्डका सदस्यसचिव प्रसन्न कुमार कोइराला, राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सहकारी विभाग र सहकारी आन्दोलनका एक एक जना प्रतिनिधि सदस्य छन् ।

समितिले युवालाई स्वदेशभित्रै रोजगारी, उत्पादन बढाएर व्यापार घाटा कम गर्ने सम्बन्धमा सहकारी क्षेत्रमा के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा सुझाव दिने छ । सहकारीमा रहेको बचतलाई स्थानीयस्तरमा उत्पादनशील क्षेत्रमा कसरी परिचालन गर्ने भन्ने बारेमा समितिले सुझाव दिने बोर्डका सहअध्यक्ष शर्माले बताए । त्यही सुझावका आधारमा आगामी आर्थिक वर्षको कार्यक्रम तय गरिने उनले बताए ।

तस्बिर : सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलको फेसबुकबाट

अभिलेख

लोकप्रिय