२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई व्यवस्थित र प्रभावकारी बनाउन खाँचो

२०७१ फागुन १८, सोमबार
सहकारीलाई व्यवस्थित र प्रभावकारी बनाउन खाँचो

काठमाडौं । सहकारी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन खाँचो रहेको सहकारीकर्मीहरुले बताएका छन् ।

जिल्ला सहकारी संघ काठमाडौंका नवनिर्वाचत पदाधिकारीहरुलाई स्वागत गर्न मिडिया इन्टरनेश्नलले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सहकारीको खम्बाविना मुलुकको अर्थतन्त्र उकास्न नसकिने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले नवनिर्वाचित टिमले राज्यका संयन्त्रदेखि स्रोत साधनको भरपुर प्रयोग गरेर सहकारीको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

अर्थतन्त्रमा सघाउ पुर्याउन सहकारीहरुले ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ नाराका साथ अघि बढ्ने जानकारी पनि बडालले दिए । त्यस्तै राष्ट्रिय सहकारी बैंकका प्रवन्धक केबी उप्रेतीले काठमाडौं जिल्ला सहकारी संघमा थुप्रै चुनौतिहरु रहेको टिप्पणी गर्दै नवनिर्वाचित टीमले ति चुनौतिहरु चिर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । देशको अर्थतन्त्रमा सहकारी एउटा खम्बा भए पनि नीति निर्माणमा सहकारीलाई निजी क्षेत्रकै अंगका रुपमा हेरिएको उप्रेतिले उल्लेख गरे ।

काठमाडौं जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष टेकप्रसाद चौलागाइँले सहकारीमा विद्यमान चुनौति र अविश्वासलाई छिचोल्दै संघको विकासमा उदाहरणीय बन्ने प्रयत्नमा आफू रहने प्रतिबद्धता जनाए । राष्ट्रिय सहकारी बोर्डका संचालक दक्ष पौडेलले काठमाडौं जिल्ला सहकारी संघले अन्य जिल्ला सहकारी संघहरुलाई पनि अर्थतन्त्रमा राम्रो उदाहरणीय योगदान दिने विश्वास व्यक्त गरे । कार्यक्रममा नेफस्कुनका नानीबाबु बुढाथोकीले सहकारीमा लगाइएको कर हटाइनुपर्ने बताए ।

अभिलेख

लोकप्रिय