‘सहकारीबिना समृद्ध मुलुकको कल्पना सम्भव’
बारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीबिना समृद्ध मुलुकको कल्पना सम्भव हुन नसक्ने बताएका छन् । बाराबो मनहर्वामा ६ दिने सहभागितात्मक लेखा ब्यवस्थापन तालीम समापन गर्दै पौडेलले सहकारी ऐन र सोहीबमोजिम नियमावली र नीतिहरुको आवश्यकता रहेको बताए ।
संख्यात्मक रुपमा धेरै भएको स्थानहरुमा दर्ता रोकेर एकीकरणको अभियान र सहकारी नभएको स्थानहरुमा सहकारीहरुको स्थापना र प्रवद्र्धनमा ध्यान दिन जरुरी रहेको पौडेलको भनाई थियो । कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारीले कृषिलाई व्यवसायीकरण गर्न सहकारी संस्थाहरुले पूंजी परिचालनमा ध्यान दिनुपर्ने बताए । त्यसैगरी बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले बचत तथा ऋण सहकारीहरुको प्रवद्र्धन र गुणात्मक विकासमा जिल्ला संघ प्रतिवद्ध रहेको बताए ।
डिभिजन सहकारी कार्यालयको आयोजना र बारा जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा सञ्चालित तालीममा १५ संस्थाहरुका ३० जना सहभागी थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
