२१ कात्तिक २०८३, शनिवार

काठमाडौं जिल्ला संघका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण, कसले कति मत ल्याए ? (सम्पूर्ण उम्मेदवारको मत परिणाम सहित)

२०७१ फागुन १६, शनिवार
काठमाडौं जिल्ला संघका नव निर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण, कसले कति मत ल्याए ? (सम्पूर्ण उम्मेदवारको मत परिणाम सहित)

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको १५ औं साधारणसभाबाट नव निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।
हिजो (१५ गते) भएको निर्वाचनको मत परिणाम आज घोषणा गरिएको थियो । संघको अध्यक्षमा टेकप्रसाद चौलागाईले ४ सय ९३ ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धि सिताराम काफ्लेले ४६८ मत ल्याए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार डि.एल. पुरीले २३ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा ज्ञान बहादुर तामाङले ५०१ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धी विन्देश्व श्रेष्ठले ४४१ र पुरन्जन राईले २८ मत ल्याए । महिला उपाध्यक्षमा शोभा सापकोटा विजयी भईन । उनका प्रतिस्पर्धी प्रतिभा मुडवरीले ३९४ र रजनी मल्लीले ४८ मत ल्याइन । महासचिवमा खेमराज सुवेदीले ४९१ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धि कमलराज अधिकारीले ४२१ र विरेन्द्रकुमार वलामीले ४३ मत ल्याए ।
निर्वाचनमा कुल एक हजार १२ मत खसेको थियो । जस मध्ये २८ मत वदर भएको थियो ।

अन्यको मत परिणम यस्तो छ ।
अध्यक्ष : टेकप्रसाद चौलागाई : ४९३ (विजयी)
अध्यक्ष : सिताराम काफ्ले : ४६८
अध्यक्ष : डि.एल.पुरी : २३
उपाध्यक्ष : ज्ञान बहादुर तामाङ : ५०१ (विजयी)
उपाध्यक्ष : विन्देश्वर श्रेष्ठ : ४४१
उपाध्यक्ष : पुरन्जन राई : २५
महिला उपाध्यक्ष : प्रतिभा मुडवरी : ३९४
महिला उपाध्यक्ष : शोभा सापकोटा : ५२२ (विजयी)
महिला उपाध्यक्ष : रजनी मल्ली : ४८
महासचिव : खेमराज सुवेदी : ४९१ (विजयी)
महासचिव : कमलराज अधिकारी : ४२१
महासचिव : विरेन्द्र कुमार बलामी : ४३

सचिव : रामचन्द्र अर्याल : ४५८ (विजयी)
सचिव : गोविन्द प्रसाद काफ्ले : ४४४
सचिव : सुदनकुमार श्रेष्ठ : ५३
कोषाध्यक्ष : शिवराज पोखरेल : ५४
कोषाध्यक्ष : मनोज भण्डारी : ४७० (विजयी) (सिताराम काफ्ले प्यानलबाट विजयी)
कोषाध्यक्ष : सुदर्शन थापा : ४३९
सदस्यहरु
सुमन केशी : ४६९ (विजयी)
सुवासचन्द्र घिमिरे : ४१२
गणेशबहादुर केसी : ४१२ (विजयी) गोला प्रथाबाट
(सिताराम काफ्ले प्यानलबाट विजयी
सुशिल कुमार बस्न्यात : ४२६ (विजयी)
ठाकुर बाँस्कोटा : ४०२
अर्जुन खतिवडा : ६१
सुरेन्द्र राज पौड्याल : ५३
फणिन्द्र तामाङ : ७०
सिता भट्टराई : ५२० (विजयी)
सिता घिमिरे : ४१२
अमरावती मर्हजन : ४४४ (विजयी) (सिताराम काफ्ले प्यानलबाट विजयी)
अविना मल्ल ठकुरी : ४३२
अनिता अधिकारी : ३८६
लेखा समिति संयोजक
केशव पोखरेल : ४६२
विपिन शर्मा मिश्र : ४०४
बासुदेव ढुङ्गाना : ४२
सदस्यहरु
मोहन बहादुर बलामी : ४०१
सुरेन्द्र कुमार ओझा : ४२४ (विजयी)
नविन खड्का : ४८
निर्मला श्रेष्ठ : ४२६ (विजयी) (सिताराम काफ्ले प्यानलबाट विजयी)
कल्पना श्रेष्ठ मर्हजन : ४०९
विमलादेवी श्रेष्ठ : ३७

अभिलेख

लोकप्रिय