२१ कात्तिक २०८३, शनिवार

सिनेमाण्डूको २३ औं शृङ्खलामा ‘नुमफुङ’

२०७१ फागुन १६, शनिवार
सिनेमाण्डूको २३ औं शृङ्खलामा ‘नुमफुङ’

काठमाडौं । सिनेमाण्डूको २३ औं शृङ्खलामा लिम्बु भाषमा बनेको फिल्म ‘नुमफुङ’ प्रर्दशन गरिएको छ ।

भारतीय दुतावास र बीपि कोइराला नेपाल भारत फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, निर्माता पदम सुब्बा, कलाकार राज थापा समेतको सहभागीता रहेको थियो । लिम्बु भाषामा ‘नुमफुङ’ को अर्थ एक सुन्दर फूल हो । २००४ मा प्रर्दशन भएको यस चलचित्रले थुप्रै अन्तराष्ट्रिय चलचित्र महोत्सवमा समते प्रर्दशन भैसकेको छ ।

चलचित्र सकिएपछि अन्तरक्रिया कार्यक्रम भएको थियो । चलचित्र हेरीसकेपछि दर्शक र निर्देशक, कलाकार, निर्माताबीच प्रश्न उत्तर कार्यक्रम भएको थियो ।  फाउण्डेसनका सचिव अभय कुमारले निर्देशक, निर्माता र कलाकारलाई मायाको चिनो प्रदान गरेका थिए ।

Cinemandu_23_2

अभिलेख

लोकप्रिय