२१ कात्तिक २०८३, शनिवार

‘सहकारीबिना समृद्ध मुलुकको कल्पना सम्भव’

२०७१ फागुन १६, शनिवार
‘सहकारीबिना समृद्ध मुलुकको कल्पना सम्भव’

बारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीबिना समृद्ध मुलुकको कल्पना सम्भव हुन नसक्ने बताएका छन् । बाराबो मनहर्वामा ६ दिने सहभागितात्मक लेखा ब्यवस्थापन तालीम समापन गर्दै पौडेलले सहकारी ऐन र सोहीबमोजिम नियमावली र नीतिहरुको आवश्यकता रहेको बताए ।

संख्यात्मक रुपमा धेरै भएको स्थानहरुमा दर्ता रोकेर एकीकरणको अभियान र सहकारी नभएको स्थानहरुमा सहकारीहरुको स्थापना र प्रवद्र्धनमा ध्यान दिन जरुरी रहेको पौडेलको भनाई थियो । कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारीले कृषिलाई व्यवसायीकरण गर्न सहकारी संस्थाहरुले पूंजी परिचालनमा ध्यान दिनुपर्ने बताए । त्यसैगरी बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले बचत तथा ऋण सहकारीहरुको प्रवद्र्धन र गुणात्मक विकासमा जिल्ला संघ प्रतिवद्ध रहेको बताए ।

डिभिजन सहकारी कार्यालयको आयोजना र बारा जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा सञ्चालित तालीममा १५ संस्थाहरुका ३० जना सहभागी थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

अभिलेख

लोकप्रिय