काठमाडौं जिल्ला संघलाई देशकै उत्कृष्ट बनाउनुपर्छ : बडाल
काठमाडौं । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले जिल्ला सहकारी संघ काठमाडौंलाई देशकै उत्कृष्ट संघ बन्नुपर्ने बताएका छन् ।
संघको १५ औं साधारणसभाको उद्घाटन गर्दै बडालले आगामी नेतृत्व रचनात्मकढंगले अघि बढ्नुपर्ने बताए । सहकारीमार्फत आर्थिक संमृदि हाशिल गर्न सकिने भन्दै बडालले त्यसका लागि असल नेतृत्व चयन गर्न सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेंलले काठमाडौं जिल्ला संघले सबै संघलाई मार्गनिर्देशन दिन सक्नुपर्नेमा जोड दिए । संघका पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले काठमाडौं जिल्लामा सहकारीको विकृति धेरै रहेकाले त्यसलाई रोक्न सक्नुपर्ने बताए । संघले अन्य सहकारी संघसंस्थालाई अनुशासन सिकाउनुपर्नेमा जोड दिए ।
यही साधारणसभाले ५ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै छ । नयाँ नेतृत्वका लागि त्रिपक्षिय भिडन्त हुने भएको छ । कांग्रेस निकट सहकारीकर्मी, एमाले र एमाओवादीको संयुक्त प्यानल र स्वतन्त्र सहकारीकर्मीहरुको प्यानल रहेको छ । चुनावी प्रक्रिया शुरु भसकेको । केही समय पछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदाताको संख्या १८०१ रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
