२१ कात्तिक २०८३, शनिवार

अब एमाले र एमाओवादी निकट सहकारीकर्मीको एउटै प्यानल

२०७१ फागुन १३, बुधबार
अब एमाले र एमाओवादी निकट सहकारीकर्मीको एउटै प्यानल

काठमाडौं । एमाले निकट सहकारीकर्मी र एमाओबादी निकट सहकारीकर्मीबीच सहमती भएको छ । अब दुबै पार्टीनिकट सहकारीकर्मीहरु एकजुट भई चुनावी मैदानमा उत्रने भएको छ ।

आज दुई पक्ष बीच छलफल भई एमाओवादी निकट सहकारीकर्मीलाई केही पद दिई सहमती भएको हो । यस अघि स्वतन्त्र सहकारीकर्मीहरुको प्यान भनेपनि एमाओवादी निकटको प्यानल रहेको थियो । सहमती अनुसार एमाओवादी निटक सहकारीकर्मीहरुलाई कोषाध्यक्ष, एक संचालक र दुई लेखा समिति सदस्य दिने सहमती भएको हो ।

सहमती अनुसार कोषाध्यक्षमा सुर्दशन थापा, संचालक सदस्यमा सिता ढकाल (पौड्याल) र लेखासमिति सदस्यहरुमा सुरेन्द्र ओझा र कल्पना श्रेष्ठ (मर्हजन) रहेका छन् ।

अभिलेख

लोकप्रिय