२१ कात्तिक २०८३, शनिवार

पर्यटकलाई मुगलको उपहार

२०७१ फागुन १२, मङ्गलबार
पर्यटकलाई मुगलको उपहार
style="text-align: justify;">हम भी गाते, हमारी भी आवाज होती 
style="text-align: justify;">हम भी बजाते, हमारी भी साज होती 
style="text-align: justify;">कौन कहेता है कि, ताजमहेल साहजहाँ ने बनाया है?
id="stcpDiv" style="text-align: justify;">हम भी बनाते, हमारी भी मुमताज होती ! 
> id="stcpDiv" style="text-align: justify;"> >सायद आफ्नी ‘मुमताज’ नै नभएका कुनै सायरले ताजमहलको बयान यसरी गरेका छन्। प्रेम नहोस् तर ताजमहलले सबैको मन जित्ने दसीका रूपमा उक्त बेनाम सायरले रचेको सेयरलाई लिन सकिन्छ।
> >‘ताजमहल’ प्रेमको उत्कृष्ट नमुनामात्रै रहेन, संसारकै सातौं आश्चर्यमा पर्ने यो अद्वितीय कृतिको नाममै पनि प्रेमको अनुभूति हुन्छ। परिकल्पनाकार तथा निर्माणकर्ताको कम्ती मेहनत र लगानीमा यो कलाकृति खडा भएको होइन। > >आजभन्दा चार सय वर्षअघि उत्तरप्रदेशको तेस्रो प्रमुख सहर आगरामा बनेको ताजमहल अहिले पनि उस्तै गरी मुस्कुराएको देखिन्छ। पुसको चिसो सिरेटो, हुस्सुको पर्दा चिरेर त्यहाँ पुग्दा ताजको सुन्दरतामा कम्ती चहक थिएन। > >मुगल बादसाहहरूले सबैभन्दा रुचाएको सहर आज विश्वजगत्ले ‘एकपटक पुग्न पाए हुन्थ्यो’ भन्ने सहरका रूपमा स्थापित छ। मुगल बादसाहले दिल्लीभन्दा पहिला राजधानी बनाएको सहर हो, आगरा। इतिहासअनुसार इब्राहिम लोदीले यो सहर सन् १५०४ मा बसाएका थिए। > >प्रख्यात कलाकृतिको जिउँदो तस्बिरका रूपमा लिइने आगरा वर्तमान राजधानी दिल्लीदेखि दुई सय किलोमिटर टाढा छ। > >बादसाह साहजहाँले यो सहर सजाउन बगदादबाट ढुंगामा अक्षर कोर्ने कारिगर, मध्य एसियाबाट सिंगमरमरमा फूलको आकार कोर्ने कलाकार, तुर्की, स्तानबुलसम्मका ३७ जना कारिगरलाई यहाँ भेला पारेर ताजमहलको आकार दिएको इतिहासमा उल्लेख छ। >ती कारिगरले २० हजार मजदुरको सहयोगमा सन् १६३१ देखि सुरु गरेको ताजमहललाई २२ वर्ष लगाएर पूरा गरेका थिए। > >बादसाह साहजहाँले ताजमहल निर्माण गरेर आफूले अनन्त माया गर्ने श्रीमती मुमताज महलको सम्झनालाई मात्र अनन्त कालसम्म जीवित राखेनन्, यो सहरलाई नै एउटा सुन्दर उपहारका रूपमा ताजमहल दिएर गएको पाइन्छ। > >उसो त ताजमहलबाहेक मुगल सम्राट् अब्बरले सन् १५६५ आगरा फोर्ट निर्माण गरेका थिए। रातो पत्थरबाट बनेको यो ‘रेडफोर्ट’ हेर्नैपर्ने अर्को ‘इमारत’ हो। > उनैले बनाएको जहाँगिर महल (दिवान-ए-खास), मेहताब बाग पनि अनुपम कलाकृति हुन्। साहजहाँकी छोरी बेगमको यादमा सन् १६४८ मा बनेको ‘जामा मस्जिद’ पनि कम्ती सुन्दर छैन। > >मुगल बादसाह र विशेष गरी साहजहाँले संसारले सम्झने गरी ताजमहलमात्र बनाएनन्, भ्रमणमा सहयोग गरिरहेका भारतीय परराष्ट्र मन्त्रालयका अधिकारी आर. बालाकृष्णनन्का अनुसार उनीहरूले नदेखिने गरी भारतवर्षलाई ठूलो उपहार दिएर गएका छन्। > >‘ताजमहल निर्माणको सेरोफेरोमा विभिन्न मुलुकबाट कलाकार झिकाइए’, अधिकारी बालाकृष्णनन्ले भने, ‘ती कलाकार, मूर्तिकारहरूले यहाँको स्थानीय जीवनलाई पनि अनुपम कला सिकाइदिए।’ > >आज त्यही कला जीविकाको उत्तम माध्यम बनेको छ। विश्व पहिचानका लागि राम्रो कडी भएको उनको ठम्याइ छ। > >दिल्ली पर्यटन विभागको आँकडा हेर्ने हो भने वर्षमा ४० लाख देशीविदेशी पाहुनाले ताजमहलको मात्रै भ्रमण, अवलोकन गर्छन्। रेड फोर्ट, जामा मस्जिद, जहागिर महलजस्ता अन्य ऐतिहासिक धरोहरहरूको अवलोकन गर्नेको संख्या त त्यसको चौगुना हुने गरेको छ। > > आगरा पुग्ने घुमन्तेहरूले चिनोका रूपमा रोज्ने पहिलो वस्तु सिंगमरमरका सामग्रीहरू हुने गरेको मार्बल इन ले वर्कका सेल्स म्यानेजर सुयव खानको अनुभव छ। > >ताजमहलको निर्माणसँगै आफ्ना पूर्वजहरूले अपनाएको पेसा आज विश्वव्यापी बनेको उनले दाबी गरे। ‘ताजमहल घुम्न आउने संसारभरिकै मानिसको रोजाइ यहाँको ह्यान्डिक्राफ्ट हो’, सेल्स म्यानेजर खानले भने, ‘यो आकर्षकमात्र हुँदैन, ऐतिहासिक महत्त्वको पनि छ।’ > >कारिगर मोहमद असिवहरू ताजमहलकै छेउछाउमा सिंगमरमरमा रंगीन ढुंगाकै फूलको आकार दिइरहेका भेटिन्छन्। ‘अन्य मजदुरीमा भन्दा यो मसिनो काम आकर्षक र अनुपम छ’, कारिगर मोहम्मदले भने, ‘कमाइमात्र राम्रो छैन, आनन्द पनि मिल्छ।’ > >उनले यो कालाकारिता कुनै तालिमबाट भने नसिकेका रहेछन्। ‘पूर्वजहरूकै अनुसरण हो, जसै दिनुपर्दा साहजहाँलाई दिनुपर्छ’, उनले भने, ‘ताजमहल नबन्दो हो त यो कलाकारिता भित्रिँदैन थियो होला !’ > >पर्यटन विकासका लागि कच्चा पदार्थको अथाह भण्डारको बीचमा हामी बाँचिरहेका छौं। हामी संसारकै उँचो सगरमाथा, विश्वकै शान्तिदूत गौतमबुद्ध, संसारको दोस्रो जलस्रोतको देश भनेर चिनिन्छौं तर मसिना सम्भावनाहरूको उजागरमा लाग्न आतुर छैनौं। > >आगराको सिंगमरमरजस्तै हुम्ला, जुम्ला, दैलेख र रुम्जाटारको राडीपाखी, भोजपुरको खुकुरी, पाल्पाको ढाँकाटोपी, करुवा, थारू समुदायको मौलिक सिर्जना ढकिया, इलामको चिया, वीरगन्जको ताप्केलाई विश्वबजारीकरण गर्न सकिरहेका छैनौं। > >जहाँ सिर्जनासँगै सभ्यताको विश्वव्यापीकरणको सम्भावना दबिएर बसेको छ। बाँके, दाङ, कैलाली, कञ्चनपुर र बर्दियामा चौधरी समुदायद्वारा निर्मित ढकियालाई मात्रै आगन्तुकका लागि उपहारका रूपमा स्थापित गर्न सके आम्दानीसँगै पहिचान विस्तार हुने पर्यटनकर्मी प्रकाशराज भट्टको ठम्याइ छ। > >हामी होटेल स्थापनासँगै आधुनिक परिकार र वैज्ञानिक सुविधामा मात्रै केन्द्रित भएका छौं। तर, पर्यटकले स्थानीय मौलिकतामा रुचि राख्ने गरेको अनुभव अर्का पर्यटन व्यवसायी अमर शाहीको छ। > >त्यसका लागि आफूले काठमाडौंमा सुदूरपश्चिमेली खानाको व्यवसाय थालेको उनले बताए। ‘आधुनिक खाना त संसारभरि नै पाइन्छ’, उनले भने, ‘मौलिकता भन्ने कुरा सम्झनायोग्य हुन्छ।’ > >खाने कुरा पुगेको ठाउँमा बसुन्जेल रुचाइने माध्यम हो। त्यहाँबाट फर्किएपछि सम्झनामा रहिरहने वस्तु भनेको त्यहाँको मौलिक चिनो नै हो। > >पर्यटन व्यवसायको नाममा ठूलो लगानीका होटेल, त्यसभित्रको सुविधा, पजेरो देखाएरमात्रै यो व्यवसायमा सफलता हुँदैन। > >स्थानीय मौलिकता बोकेका परिकार र पहिचान बनाएका वस्तु उपहारको योजना अगाडि ल्याउन सके आम्दानी र पहिचान दुवैमा टेवा पुग्नेछ। style="text-align: justify;"> style="text-align: justify;">– अन्नपूर्ण पोष्ट class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/02/24/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%ae%e0%a5%81%e0%a4%97%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%aa%e0%a4%b9%e0%a4%be%e0%a4%b0/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय