७ दिने कर्जा व्यवस्थापन तालिम समापन, तालिमलाई निरन्तरता दिइने
काठमाडौं । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा ७ दिने कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
फागुन ५ देखि ११ गतेसम्म सञ्चालित तालिममा सहकारी संस्थाहरुलाई कर्जा लगानीको लागि आवश्यक पर्ने विभिन्न कानुनी विषयदेखि कागजात व्यवस्थापन, धितो मुल्यांकन, ५ सि मोडल, पिलर मोडल लगायत कर्जा सम्बन्धि आवश्यक प्रशिक्षण प्रदान गरिएको तालिम संयोजक भूषणनाथ शर्माले बताए ।
सहकारी संस्थाहरु त्यसमा पनि खासगरि वित्तिय कारोबार गर्ने वचत ऋण सहकारीहरुले कर्जा लगानी गर्दा अपनाउनुपर्ने विधि र उपायका बारेमा तालिम केन्द्रित रहेको उनले बताए । तालिममा सहभागी अधिकांश सहभागीहरुले यस तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके कर्जा जोखिम न्यूनीकरण गर्न सकिने र आफूले पहिलेदेखि गर्दै आएको कर्जा व्यवस्थापनमा थप चुस्तता आउने बताए ।
वचत संघ ललितपुरको नियमित तालिमका कार्यक्रमहरु अन्र्तगत आयोजित प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै संघका अध्यक्ष रामशरण घिमिरेले संघकै पहलमा संस्थाहरुलाई आवश्यक पर्ने लेखा व्यवस्थापन, पल्र्स अनुगमन विधि, कर लगायतका विभिन्न विषयहरु समेटेर आगामी दिनहरुमा यस्ता थुपै्र विषयका तालिमहरु सञ्चालन गरिने वताए । तालिमलाई प्रशिक्षकहरु कुमार खत्री, राजेन्द्र पौड्याल र किशोर कुमार विष्टले सहजीकरण गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
