वेष्ट रेमिट र नेशनल एक्सचेञ्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता
काठमाडौं । रेमिटले संयुक्त अरब इमिरेट्स (यूएई)को नेशनल एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता गरेको छ । बेष्ट रेमिटका गल्फ प्रमुख अनिल कार्की र एक्सचेञ्जका महाप्रबन्धक अरवाव अलि नरेजोले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै अब यूएईमा रहेका नेशनल एक्सचेञ्जका ९ वटा शाखाबाट बेष्ट रेमिटमार्फत स्वदेशमा पैसा पठाउन सकिने छ । धेरै नेपालीहरु कार्यरत रहेको यूएईमा बेष्ट रेमिटको यो सम्झौताले सेवाग्राहीमा थप सहजता मिल्ने बेष्ट रेमिटका गल्फ प्रमुख कार्कीले बताए ।
बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग तीव्र रुपमा रेमिट्यान्स सम्झौता गरिरहेको छ । विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २४ सय भन्दा बढी एजेण्ट, सब-एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने जनाइएको छ ।
बेष्ट रेमिटले आफ्नो सेवा बिस्तार सँगसँगै रेमिट्यान्स सम्बन्धि जनचेतनामूलक कार्यहरु पनि संचालन गर्दै आएको छ । सोही क्रममा वेष्ट रेमिटका ब्राण्ड प्रमुख माधव डाँगीले पश्चिमाञ्चलको भ्रमण गरी त्यहाँ आयोजित महोत्सव तथा मेलामा बेष्ट रेमिटका साथै रेमिट्यान्सको बारेमा उपस्थित जनमानस, सवएजेण्ट तथा व्यापारी वर्गलाई जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
