२१ कात्तिक २०८३, शनिवार

बहस : काठमाडौं जिल्ला संघमा सहमतीको सम्भावना कति ?

२०७१ फागुन ११, सोमबार
बहस : काठमाडौं जिल्ला संघमा सहमतीको सम्भावना कति ?

केवी उप्रेती–
अध्यक्ष, जिल्ला सहकारी संघ काठमाडौं
सहकारीमा राजनीतिक हस्तक्षेप भन्दा पनि सहकारीका अगुवाबीच सहमती गरेर नयाँ नेतृत्व चयन हुनुपर्छ । एउटा पक्षले सहमती भन्दै हिड्ने र अर्को पक्षले प्यानल खडा गरेर अघि बढ्दा सहमती हुन सक्दैन । सहकारीकर्मीबीच सहमती गरेर नयाँ नेतृत्व निर्माण गर्न सक्नुपर्छ । सबैलाई मिलाएर जिल्ला संघको नयाँ नेतृत्व चयन गर्न प्रयास गरिरहेको छु । म रहे पनि नरहेपनि सहमती अहिलेको आवश्यकता हो ।
यदी सहमती हुन सकेन भने मात्र चुनावी मैदानमा जाने हो । म अध्यक्ष भएको नाताले पनि सहमती गराउन लागिरहेको छु । दक्षताको आधामा सहमती हुनुपर्छ । पार्टीगत भन्दा पनि स्वतन्त्र व्यक्ति पनि खडा गर्न तयार हुनुपर्छ ।
केदार मानन्धर
सल्लाहकार, जिल्ला सहकारी संघ काठमाडौं
सहकारीका विभिन्न निकायमा राजनीतिकरण भएको छ । राजनीतिको भागबण्डा हुँदा सहकारीका व्यक्ति छान्न कठिन हुन्छ । यस्तो हुनु हुदैँन । जिल्ला संघमा पार्टीको वरीपरीमात्र घुम्ने र सहकारीको लागि केही नगर्ने नेतृत्व आए सहकारी तहसनहस हुन सक्छ । संघको उपलब्धी धेरै भएको छ । संघको नेतृत्वले देशको सहकारी आन्दोलनलाई अघि बढाउन भूमिका निर्वाह गर्ने भएकाले सक्षम नेतृत्वको आवश्यक छ ।
सर्वसम्त हुने मैले देखेको छैन । उहाँहरु मनिरहनु भएको छैन । हामीले पनि उपस्थिती जनाउनु पर्छ भनेर लागि रहेका छौं । सहकारी बैंक, नेफ्स्कूनमा हाम्रो सहभागीता न्यून छ । उहाँहरु त्यस बेला सहमती गर्न मान्नु भएन । यस पटक एक पक्ष बडारीने सम्भावना देखेको छु । कि हामी बाहिरीन्छौं कि उहाँहरु । यसलाई दुबै पक्ष स्विकार गर्न तयार हुनुपर्छ । मैले सहकारी बैंकमा हार खाएर आएको हुँ । मैले हारे पनि सबैभन्दा बढी सहयोग मैले नै गरीरहेको छु । काठमाडौं जिल्ला संघमा पनि यही हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
परितोष पौड्याल
कोषाध्यक्ष, जिल्ला सहकारी संघ काठमाडौं
अध्यक्षमा बन्नु पर्छ भन्ने साथीहरुको आग्रह थियो । तर मैले मानिन । टेक प्रसाद चौलागाईलाई नेतृत्व दिनुपर्छ भन्ने आग्रह थियो । अझै पनि हामी सहमतीको प्रयासमा छौं । त्यही कारणले प्यान घोषणा गरेका छैनौं । कांगे्रस निटक सहकारीकर्मीहरुको कार्यशैली भिन्न देखिएको छ । उहाँहरुले अध्यक्षको घोषणा गरीसक्नु भएको छ । उहाँहरु सहमतीमा आउन खासै चासो देखाउन भएको छैन । सहमती गर्न उम्मेदवारीको मानसिकता शुन्य बनाउनु पर्छ । अनि मात्र सहमती हुन सक्छ । उम्मेदवारी घोषणा भैसकेपछि सहमती हुने सम्भावना मैले देखेको छैन् । हामी अझै पनि एकताको सन्देश दिन तयार छौं । यदी सहमती हुन नसके हामी पनि उम्मेदावारी घोषणा गर्नेछौं । आज सम्म सहमती हुन नसके भोली १ बजे प्यानलको उम्मेदवारी घोषणा गर्ने छौं ।
चुनौतीको सामाना गर्न सक्ने सक्षम नेतृत्व आवश्यक छ । संस्थागत र सैद्वान्तिक विकासमा नयाँ नेतृत्व जान सक्नु पर्छ । सर्वसम्मत गर्ने तयारी असफल हुदैँ गएको छ । लचकता हुदाँहुदै सर्वसम्मतीको भावना छिन्नभिन्न भएको छ ।
गोविन्द शर्मा पौडेल
उपाध्यक्ष, काठमाडौं जिल्ला सहकारी संघ
उचित निर्णय लिएर नयाँ नेतृत्व चयन हुनुपर्छ । सहमती भएन भने प्रजातान्त्रिक ढंगले चुनाव गर्न अन्तिम विकल्प हो । नमूना संघको रुपमा अघि बढाउन सर्वसम्मत नेतृत्व निर्माण हुनुपर्छ । सहकारीका विकृति हटाउन संघले पहल गर्नुपर्छ ।

अभिलेख

लोकप्रिय