२१ कात्तिक २०८३, शनिवार

चोर पक्रँदा भारतले नेपाल प्रहरीलाई दियो १४ लाख

२०७१ फागुन ११, सोमबार
चोर पक्रँदा भारतले नेपाल प्रहरीलाई दियो १४ लाख

काठमाडौं । भगवान रामचन्द्रले अश्वमेघ यज्ञ गर्दा चढाएको मूर्ति चोरी गर्नेलाई पक्राउ गरी सो मूर्ति फिर्ता दिएबापत भारतीय सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई १४ लाख भारतीय रुपियाँ उपहार स्वरुप दिने निर्णय गरेको छ ।
भारतको हिमाञ्चल प्रदेश कुल्लु मनालीस्थित रघुनाथजीको मन्दिरबाट गत मंसिर २२ गते चोरी भएका राम, हनुमान र नरसिंह अवतारका मूर्तिहरु चोरी भएपछि हिमाञ्चल प्रदेश र दिल्लीमा ठूलो हंगामा मच्चिएको थियो । भारतीय प्रहरी र हिमाञ्चल प्रदेशका सुरक्षा उच्च अधिकारीले पटक पटक  मूर्ति हराएका विषयमा नेपाल पहरीलाई जानकारी गराएको नेपाल समाचारपत्रमा खबर छ ।
दिल्ली सरकारले समेत विशेष चासो देखाएको त्रेतायुगका ती मूर्ति खोज्न नेपाल प्रहरीलाई ठूलै चुनौती भएको थियो । भारतीय सरकारको समेत ठूलो चासोको विषय बनेको थियो । सो मूर्ति हराएपछि सीआईबीले विशेष टोली परिचालन गरेको थियो ।
प्रहरीले मूर्ति हराएको १७ दिनपछि मूर्तिसहित एक जनालाई पक्राउ गरेको थियो । मूर्ति चोर्ने कार्यमा सलंग्न हुम्ला कालिका गाविस-८ घर भएका नरप्रसाद जैसीलाई माघ ९ गते कोहलपुरमा पक्राउ गरिएको थियो ।

अभिलेख

लोकप्रिय