२१ कात्तिक २०८३, शनिवार

भोली १ बजे प्यानल घोषणा गर्नेछौं– पौड्याल

२०७१ फागुन ११, सोमबार
भोली १ बजे प्यानल घोषणा गर्नेछौं– पौड्याल

काठमाडौं । काठमाडौं जिल्ला संघको आगामी नेतृत्वका लागि सहमती गर्न कांग्रेस निकट सहकारीकर्मीहरुले चासो नदेखाएको एमाले निकट सहकारीकर्मीहरुको आरोप लगाएका छन् ।
सहमतीका लागि पटक पटक छलफल गरेपनि सहमती नभएको भन्दै आफूहरु पनि प्यान घोषणा गर्ने बताएका छन् ।

आज बेलुका सम्म पनि सहमती हुन नसके भोली १ बजे प्यानल घोषणा गर्ने संघका कोषाध्यक्ष परितोष पौड्यालले बताए । ‘सहमतीका लागि हाम्रो प्रयास जारी छ । यदी सहमती हुन नसके हामी भोली १ बजे प्यानल घोषणा गर्न बाध्य हुनेछौं ।’

एमालेले टेक प्रसाद चौलागाईको नेतृत्वमा प्यानल घोषणा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्यानलको लिष्ट तयारी भैसकेको र घोषणा मात्र गर्न बाँकी रहेको छ ।

अभिलेख

लोकप्रिय