प्रथम ‘भारत–नेपाल मैत्री मोटर र्याली २०१५’ हुने
काठमाडौं । भारतको उडीसाको पुरीबाट काठमाण्डौंसम्म प्रथम ‘भारत–नेपाल मैत्री मोटर र्याली २०१५’ हुने भएको छ । संस्कृति, प्रकृति र साहसिक अभियानको प्रवद्र्धन गर्ने उउद्देश्यका साथ आयोजना गर्न लागिएको यस र्याली फेब्रुअरी २७ मा सुरु भै मार्च ८ मा दिल्ली पुगी समापन हुनेछ ।
भुवनेश्वरस्थित कालिंगा मोटर स्पोर्टस क्लव र नेपाल अटोमोवाइल स्पोर्टस एसोसिएसनको संयुक्त प्रयासमा भारतको फेडरेसन अफ मोटर स्पोर्ट्स क्लव, राँची एड्भेञ्चर ह्वीलर्स, राँची, मगध मोटर स्पोर्ट्स क्लव, पटना, भारतको सडक, यातायात तथा राजमार्ग मन्त्रालय, विदेश मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, काठमाण्डौस्थित गणतन्त्र भारतको राजदूतावास, नेपालको युवा तथा खेलकुद मन्त्रालय, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा प्रथम भारत–नेपाल मैत्री मोटर र्याली आयोजना हुन लागेको हो । भारत र नेपालबीच विद्यमान बर्षाैं पुरानो सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई उजागर गर्दै यस र्यालीले जगननाथ, पुरी र पशुपतिनाथ साथै भगिनी शहरहरु बोधगया र लुम्बिनीलाई जोड्ने जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत बर्ष सम्पन्न भएका ऐतिहासिक नेपाल भ्रमणपछिका नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धको गतिलाई घनिभूत गराउने तथा जनस्तरको सम्बन्ध मजवुत गर्नको लागि यो ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
पुरी र काठमाडाैं दुबै शहरहरु तिर्थालुहरुको प्रमुख केन्द्र भएकोले यो कार्यक्रमको अहम महत्व रहेको छ । बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया र बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्ध मार्गलाई समेत यस यात्राले विशेष महत्व दिने जनाएको छ ।
कार्यक्रमले दुबै देशका धार्मिक तथा साहसिक पर्यटनलाई घनिभूत गराउँने उद्धेश्य राखेको छ । पहिलो चरणमा ¥याली समुद्र सतहदेखि सुरु भै हिमालयका उच्च हिमालहरुसम्म पुग्नेछ भने दोश्रो चरणमा ¥यालीले दुई देशका महत्वपूर्ण सहरहरु, काठमाण्डौं र दिल्लीलाई जोड्ने आयोजकले जनाएको छ ।
मोटर र्याली मार्च २ मा नेपालको बिराटनगरस्थित जोगबनी भन्सार हँुदै सुन्दर सहर धरानमा त्यसै रात पुगी रोकिने छ । अर्काे दिन बर्दिवास हुदै धुलीखेल पुग्ने र्यालीलाई नेपाल खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
मार्च ४ मा काठमाडौं आइपुगी र्यालीको पहिलो चरणको समापन हुनेछ । मार्च ५ को ८ बजे बिहान नेपालका माननीय युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र नेपालका लागि भारतीय राजदूत रणजीत रायले दोश्रो चरणको मोटर ¥याली विदाइ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि, सुन्दर सहर पोखरा, लुम्बिनी, धनगडी हुँदै ¥याली २०१५ मार्च ८ मा दिल्ली पुग्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
