२१ कात्तिक २०८३, शनिवार

काठमाडौं जिल्ला संघमा त्रिपक्षिय भिडन्त, स्वतन्त्र सहकारीकर्मीहरुको छुट्टै प्यानल

२०७१ फागुन ११, सोमबार
काठमाडौं जिल्ला संघमा त्रिपक्षिय भिडन्त, स्वतन्त्र सहकारीकर्मीहरुको छुट्टै प्यानल

काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघको आगामी नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । सहमतीका लागि पटक पटक छलफल भएपनि सहमती हुन नसकेपछि चुनाव हुने निस्चित भएको हो ।

चुनावी मैदानमा एमाले निकट सहकारीकर्मीहरु, कांगे्रस निकट सहकारीकर्मीहरु र स्वतन्त्र सहकारीकर्मीहरु गरी तिनवटा प्यानल आउने निस्चित भएको छ ।  सहकारीमा राजनीतिककरण भएको भन्दै स्वतन्त्र सहकारीकर्मीहरुको छुट्टै प्यानल समेत चुनावी मैदानमा आएको छ ।

सो प्यानलको अध्यक्षमा श्यामप्रसाद श्रेष्ठले गरेका छन् । उनी धौलागीरि साकोसका प्रतिनिधि हुन् । त्यस्तै उपाध्यक्षमा दिनानाथ पौड्याल, महिला उपाध्यक्षमा सिता ढकाल पौड्याल, महासचिवमा सुर्दशन थापा, सचिवमा सुरेन्द्र ओझा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा चन्द्रमान लामा र सदस्यहरुमा सिरोज कुमार श्रेष्ठ, ज्ञानेन्द्र नेपाल, फणिन्द्र सैजु, जिरीमाया सेङताङ, शालिग्राम पुडासैनी रहेका छन् ।

त्यस्तै लेखा समिति संयोजमा पुस्कर प्याकुरेल र सदस्यहरुमा रामचन्द्र न्यौपाने र कल्पना श्रेष्ठ मर्हजन रहेका छन् ।

अभिलेख

लोकप्रिय