२१ कात्तिक २०८३, शनिवार

रुपन्देहीमा ६ दिने सहकारी व्यवस्थापन तालिम, फलदायी र उपयोगी भएको सहभागीको प्रतिक्रिया

२०७१ फागुन १०, आईतवार
रुपन्देहीमा ६  दिने सहकारी व्यवस्थापन तालिम, फलदायी र उपयोगी भएको सहभागीको प्रतिक्रिया

रुपन्देही । डिभिजन सहकारी कार्यालय रुपन्देहीको आयोजनामा ६ दिने सहकारी व्यवस्थापन तालिम बिहिबार सम्पन्न भएको छ । तालिम इन्द्रेणाी बहुउद्देश्यीय सहकारी संस्था बुटवलको तालीमहलमा भएको थियो ।

कार्यालयका सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेको अध्यक्षतामा शुरु भएको सो तालिममा रुपन्देही जिल्लास्थित सघन अनुगमन भएका ठूला १४ वटा सहकारी संस्थाहरुका अध्यक्ष र लेखा संयोजक गरी ३० जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।

तालिम पुनरावेदनका सरकारी वकिल कार्यालय वुटबलका उपन्यायाधिवक्ता शिवशंकर प्रसाद चौधरीले ‘सहकारीमा देखिएको कानुनी कमजोरी, जोखिम र यसको समाधान’, आन्तरिक राजस्व कार्यालय बुटवल कर अधिकृत जीवराज निरौलाले ‘सहकारीमा कर व्यवस्थापन’, जिल्ला प्रशासन कार्यालय रुपन्देही शाखा अधिकृत विष्णुप्रसाद ज्ञवालीले ‘सहकारीमा ठगी गर्नेलाई के कस्तो कारवाही हुने’, जिल्ला संघका अध्यक्ष भीम तुलाचनले ‘सहकारी अभियानमा जिल्ला सहकारी संघको भूमिका’ विषयमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै सहकारी अधिकृत नेत्रप्रसाद घिमिरेले ‘सहकारी मापदण्ड, सहकारी ऐन नियम, पल्र्स प्रणाली, योजना व्यवस्थापन’, सहकारी निरीक्षक चन्द्रकान्त भट्टराइले ‘सहकारीका मूल्य मान्यता, सिद्धान्त, सहकारी व्यवसाय व्यवस्थापन, सहकारी अनुगमनमा देखिएका कैफियत’ र सुधार सहकारी निरीक्षक गुणाखर खनालले ‘सहकारी व्यवस्थापन’ बारे प्रशिक्षण दिएका थिए । तालिम अत्यन्त फलदायी र उपयोगी भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।

अभिलेख

लोकप्रिय