सवा ३ करोड भारतीय सहयोग
उदयपुर । उदयपुरको जोगीदह गाविसमा रहेको जनता उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि करिव सवा ३ सय करोड भारतीय सहयोग उपलब्ध भएको छ । भारतीय राजदुत रञ्जित रेले शुक्रबार विद्यालय भवन शिलान्यास गरेका हुन । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत भारत सरकारले उक्त सहयोग प्रदान गरेको हो ।
भवन निर्माण कार्य जिल्ला विकास समिति, उदयपुरले ३ करोड ६ लाख १५ हजारको लागतमा सम्पन्न गर्ने छ । सन् १९५९ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको उक्त विद्यालय सन् २००८ मा उच्च माध्यमिक विद्यालयका रूपमा स्तरोन्नती भएको थियो । भारतको सहयोगमा नयाँ निर्माण हुने भवनबाट जिल्लाका १५ गाविसका करिब १२ सय विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै राजदूत रेले भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमले नेपालका जनताको शान्ति र समृद्धिको यात्रामा सहयोग पुग्ने आशा व्यक्त गरेका थिए । विद्यालय भवन निर्माण बाहेक उदयपुरमा भारतको करिव ८ करोडका अन्य आयोजनाहरूमा समेत सहयोग गरेको छ । जिल्लामा ८ ओटा एम्वुलेन्स समेत प्रदान गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
