२१ कात्तिक २०८३, शनिवार

सहकारीले ल्यायो, बिषादीरहित ८० खाद्यान्न तथा ६० प्रकारका तरकारी एउटै ब्राण्डमा

२०७१ फागुन ९, शनिवार
सहकारीले ल्यायो, बिषादीरहित ८० खाद्यान्न तथा ६० प्रकारका तरकारी एउटै ब्राण्डमा

काठमाडौं । ललितपुरस्थित कृषि विकास वहुउद्देश्यीय सहकारी संस्थाले विषादी प्रयोग नभएको ८० प्रकारका प्रशोधित खाद्यान्न तथा ६० प्रकारका तरकारी उत्पादन गरेर एउटै ब्राण्डमा बिक्रि गर्न सुरु गरेको छ ।

‘कृषि फ्रेस विषादीरहित उत्पादन’ भन्ने ब्राण्डमा उक्त संस्थाले आफैले उत्पादन गरेको ८० प्रकारको प्रशोधित खाद्यान्न ९चामल, दाल, गेडागुडी, मसला, पिठो०, ६० प्रकारको तरकारी तथा साग, तोरीको तेल र दूध बिक्रि गर्न सुरू गरेको हो ।

बिषादीयुक्त तरकारी तथा खाद्यान्नको बजार फैलिरहँदा उक्त संस्थाले बिषादी प्रयोग नभएको तरकारी तथा खाद्यान्न उत्पादन गरेर बिक्रि गर्न सुरु गरेको जनाएको छ । अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त संस्थाले औपचारिक रुपमा विषादी प्रयोग नभएको खाद्यान्न तथा तरकारी बिक्रि बितरण गर्न लागेको सार्वजनिक रुपमा घोषणा गरेको छ । यसअघि चार बर्षदेखि उक्त संस्थाले सोही ब्राण्डमा विषादी नभएको तरकारीमात्रै बिक्रि गर्दैआएको थियो । शनिबारदेखि खाद्यान्नसमेत बिक्रि गर्न सुरु गरेको हो ।

संस्थाका अध्यक्ष तेजबिक्रम थापाले ललितपुरको टिकाथलीमा दुई सय रोपनी जग्गामा आफै विषादी प्रयोग नगरि यस्ता खाद्य पदार्थ उत्पादन गर्दैआएको जानकारी दिए । अध्यक्ष थापाका अनुसार उपभोक्ताले उचित मूल्य तिरेर पनि शुद्ध खाद्यान्न र तरकारी किन्न नपाएकाले विषादीमुक्त खाद्यान्न र तरकारी उत्पादन गरेर बिक्रि गर्न सुरू गरिएको हो । उत्पादित खाद्यान्न, तरकारी तथा तेल र दूध भाटभटेनी सुपरमार्केट, नाफा सहकारी संस्था, कृषि गुरू अर्गानिक स्टोरमार्फत राजधानीको गल्फुटार, महाराजगञ्ज, चावहिल, लगनखेल, सानेपामा बिक्रि बितरणसम्बन्धी व्यवस्था गरिएको छ ।

राजधानीको पाँच स्थानमा थप बिक्रि केन्द्र स्थापना गरेर बिक्रि गर्ने लक्ष्य राखिएको अध्यक्ष थापाले बताए । ‘उपभोक्ताले विषादीयुक्त तरकारी र खाद्यान्न खरिदका लागि थप व्ययभार व्यहोर्नुपर्दैन्। बजारमा भएको मूल्यमै यस्ता पदार्थ उपलब्ध गराएका छौं’, उनले भने, ‘विषादी परीक्षणका लागि छुट्टै हामीले आफै दक्ष जनशक्तिसहितको ल्याव स्थापना गरेका छौं । उत्पादित खाद्य, तरकारी, तेल र दूधको ल्यावमा परीक्षण गरेर मात्र बजारमा बिक्रिका लागि पठाउने व्यवस्था गरेका छौं ।’

कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा हिमाली, पहाडी र तराईका केही जिल्लामा उत्पादन भएका खाद्यान्न संकलन गरेर बिराटनगरस्थित शाखा कार्यालयमा प्रयोगशालाको सहयोगमा परीक्षण गरेपछि थप परीक्षण तथा प्याकिङका लागि काठमाडौं भित्र्याइन्छ । करिब आठ करोडको लगानीमा संस्थाले यस्ता उत्पादन, प्याकेजिङ र बिक्रि गर्ने व्यवस्था मिलाइएको छ । यस्ता कामका लागि तीन सय जनाले प्रत्यक्ष रूपमा रोजगारीसमेत पाएको संस्थाले जनाएको छ।

गत बर्ष मात्रै उक्त संस्थाले एक करोड ९५ लाख ८६ हजार मूल्यबराबरको ५ लाख ५१ हजार किलो तरकारी उत्पादन गरेर बिक्रि गरेको थियो । संस्थाले कम्तिमा ३६ करोड मूल्यबराबरको खाद्यान्न बिक्रि गर्ने लक्ष्य राखेको छ ।

अभिलेख

लोकप्रिय