२१ कात्तिक २०८३, शनिवार

जनकपुरमा भन्सार कार्यालयको जग्गाखरिदको तयारी

२०७१ फागुन ९, शनिवार
जनकपुरमा भन्सार कार्यालयको जग्गाखरिदको तयारी

जनकपुरधाम । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले भन्सार मूल्यांकन भन्सार अधिकृतको तजविजीमान हुने दावी गरेका छन् ।

व्यावसायीक क्षेत्रबाट बेलाबेलामा भन्सार मूल्यांकन तजविजी रुपमा हुने र त्यसले आयातित बस्तुको मूल्यनिर्धारणमा एक रुपता नदेखिएको बताईरहेका बेला महानिर्देशक ढुङ्गानाले मूल्यांकनलागी वैधानिध तरिका रहेको र कर अधिकृतले पद्धति बाहिर गएर आफूखुसी गर्न नसक्ने बताएका हुन् ।

नेपालआर्थिक पत्रकार समाज (सेजन) र अमेरिकन राजदुतावासको संयुक्त आयोजनामा जनकपुरको रामा होटलमा शानिबारदेखि सञ्चालित दुई दिने आर्थिक पत्रकारिता प्रशिक्षण कार्यक्रममा महादिर्नेशक ढुङ्गानाले व्यवसायी र सरकारी कर्मचारी ईमान्दार र व्यवसायिक भए भंसार मूल्यांकनमा समस्या नरहने बताए । “वास्तविकता, व्यावसायिकता र ईमान्दारीताव्यावहारमाप्रबर्धन गरि भन्सार छल्ने प्रबृत्ति रोकियो भने धेरै समस्याव्यवस्थित हुन्छ” उनले भने, “भन्सार एक्लैले एकांकीआधारमाकुनै बस्तुको मूल्यांकनगर्न सक्दैन । क्षमतापनि राख्दैन र प्रयास पनिगर्दैैन ।”

जनकपुरको जटही स्थित भन्सार कार्यालय एक वर्षदेखि बन्द रहनु दुःखद भएको बताउदै उनले सरकार जटही भन्सार कार्यालयलाई व्यवस्थित बनाई खुलाउनलागि परेको बताए । “भन्सार कार्यालयको जग्गाखरिद प्रक्रिया सुरु भईसकेको छ” उनले भने, “भन्सार सुचारु गर्न र व्यवस्थितबनाउनभारतीय राजदुतावाससँग पनि छलफल भईरहेको छ ।” जनकपुरको विकासकालागी र जनकपुरलाई चलायमान बनाउन भन्सार कार्यालयको ठूलो हात रहेको बताए । सिप र विद्या सिकेर र सिकाएर कहिल्यै नसकिने भन्दै उन मोफलेसलमा रहेका सञ्चारकर्मीले स्थानीय मुद्धालाई राष्ट्रिय मुद्धा बनाउन सके त्यसले समग्र मुलुककै समून्नतिकालागी सहयोग गर्ने बताए ।

कार्यक्रममाजनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर (हिरा) शाहले भन्सार कार्यलय वर्षदिन देखि बन्दहुँदा राज्यले ठूलो मात्रा राजस्व गुमाएको बताउदै भन्सार नहुँदा स्थानीय उद्योग व्यवसाय पलायन भईरहेकाले जनकपुरबासी पिडित भएको बताए ।

दुई दिनसम्म चल्ने प्रशिक्षणमा सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधान, सार्वजनिक संस्थान निर्देशन बोर्डका अध्यक्ष बिमल वाग्ले, जनकपुर क्याम्पसका प्रा.डा. सुरेन्द्र लाभ, जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष निर्माण चौधरी लगायतले समसामयिक र स्थानीय मुद्धाहरुमा केन्द्रित रहेर सञ्चारकर्मीहरुलाई प्रशिक्षण दिनेछन् । कार्यक्रममा २ दर्जन सञ्चारकर्मीको सहभागिता छ ।

अभिलेख

लोकप्रिय