२१ कात्तिक २०८३, शनिवार

संविधानसभामा बसेर सहकारीका लागि के गरे सभासद्ले ?

२०७१ फागुन ८, शुक्रबार
संविधानसभामा बसेर सहकारीका लागि के गरे सभासद्ले ?

नेपालको सहकारी अभियानको अगुवाका रुपमा चिनिएका सहकारीकर्मीहरुले संविभानसभामा प्रतिनिधित्व गरीरहेका छन् । तर उनीहरुबाट अपेक्षीत उपलब्धी हुन नसकेको सहकारीकर्मीहरुको गुनासो बढेको छ ।

संविधानसभामा सहकारीकर्मीको प्रवेशले सहकारीको हित र प्रबद्र्धनमा लविङ हुने आम सहकारीकर्मीले अपेक्षा गरेका थिए । उक्त अपेक्षामा सिन्कोसम्म नभाँचेको सरोकारवालको दुःखेसो छ । सहकारीकर्मीको संविधानसभामा प्रवेशसंगै यस क्षेत्रमा देखिएका नीतिगत र कानुनी जटिलता हल हुने सहकारी क्षेत्रले अपेक्षा गरेको थियो । उक्त विषयमा सहकारी क्षेत्र भजाएर सभासद भएकाहरूले काम गर्नु त परै जाओस सोच्नसम्म नभ्याएको गुनासो यत्रतत्र सुनिन थालेको छ । पार्टीको काम र आदेशभन्दा अन्य कामबाट उनीहरूलाई फुर्सद नभएको एक सहकारीकर्मीले बताए । सहकारी क्षेत्रमा देखिएका कानुनी तथा नीतिगत जटिलता भने ज्यूँका त्यूँ छ । परिमार्जनकालागि सहकारीकर्मीले बारम्बार दवाव दिएपनि यसतर्फ भने कसैको चाँसो गएको पाइँदैन ।

हाल संविधानसभामा सहकारीको अभिभावक निकाय राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडाल, उपाध्यक्ष ओमदेवी मल्ल, स्वास्थ्य सहकारी केन्द्रीय संघका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, एभरेष्ट इनर्जी कोअपरेटिभका अध्यक्ष सुरेन्द्र पाण्डे सहभागी छन् । पाण्डेद्वय प्रत्यक्ष निर्वाचित सभासद हुन भने वडाल र मल्ल समानुपातिकबाट मनोनित भएका हुन् ।

यसका साथै सहकारी क्षेत्रबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरू तीन दर्जनभन्दा बढी छन् । प्रत्यक्ष मात्रै नभएर लाभका लागि भएपनि सहकारिमा कांग्रेस युवा नेता गगन थापा, गृहमन्त्री बामदेव गौतमलगायत सहकारीमा आवद्ध छन् ।

अभिलेख

लोकप्रिय