२१ कात्तिक २०८३, शनिवार

चितवनमा "सहकारीमा ऋण व्यवस्थापन " तालिम, २२ सहकारीका ३० जनाको सहभागिता

२०७१ फागुन ७, बिहिबार
चितवनमा "सहकारीमा ऋण व्यवस्थापन " तालिम, २२ सहकारीका ३० जनाको सहभागिता

व्चियतवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, फिल्ड कार्यालय चितवनको आयोजनामा नारायणगढमा “सहकारीमा ऋण व्यवस्थापन ” तालिम सुरु भएको छ । तालिममा चितवन तथा नवलपरासीका २२ बचत तथा ऋण सहकारीका ३० जनाको सहभागिता रहेको छ |

तीन दिन सम्म सञ्चालन हुने तालिमका सहजकर्ता नेफ्स्कुन संचालक दामोदर अधिकारी र तालिम अधिकृत नव कुमार अधिकारी रहेका छन् । बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्य एवं जोखिमको समेत क्षेत्र भएकाले ऋण ब्यबस्थापन तालिम अायाेजना गरिएकाे जनाएकाे छ । तालिममा जोखिम ब्यबस्थापन, ऋणका प्रकार, लगानीका प्रक्रिया, भाखा नाघेका ऋण व्यवस्थापन, ऋण नीति, ऋण समिति को भूमिका आदि बिषयमा प्रशिक्षण हुने अायाेजकले बताएकाे छ ।

अभिलेख

लोकप्रिय