२१ कात्तिक २०८३, शनिवार

नेपालको क्षमता बढाउन बेलायतले सहयोग गर्ने

२०७१ फागुन ६, बुधबार
नेपालको क्षमता बढाउन बेलायतले सहयोग गर्ने

काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री डेसमण्ड स्वाइन बीच अर्थमन्त्रालयमा बुधबार भेटघाट तथा छलफल भएको छ । सो अवसरमा उाीहरुबीच बेलायतबाट नेपाललाई प्राप्त सहयोगको प्रभावकारिता अभिबृद्धिका बारेमा छलफल भएको थियो ।

भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नेपालमा हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको जानकारी गराए । ‘विगत झण्डै दुई दशकको अवधिमा गरिवी उल्लेख्य मात्रामा घटेको छ । खानेपानीमा पहुँच बढेको छ । पूर्वाधारको राम्रो विकास भएको छ । नेपालीको जीवनस्तरमा सुधार भै औषत आयुमा झण्डै १७ बर्षले बृद्धि भै ६९ बर्ष पुगेको छ । बाल मृत्युदर, मातृ मृत्युदर घटेको छ ’ उनले भने । रकारले संबिधान निर्माणसँगै आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिदै विकास प्रक्रियाले तिब्रता लिएको बताए । 

अर्थमन्त्री डा महतले विभिन्न मुलुकहरुबाट प्राप्त सहयोग नेपालीको वास्तविक चाहना अनुसार हुन सकोस भनेर नयाँ सहायता नीति अवलम्बन गरिएको र दाताहरुले यसमा असजिलो महसूस गर्न नहुने स्पष्ट पारे ।  सो अवसरमा बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री स्वाइनले आफू नेपालमा बेलायतको सहयोगको उपयोगबारे स्थलगत भ्रमण गरी जानकारी लिन नेपाल आएको बताउँदै बढीभन्दा बढी सहयोग उपयोग हुने वातावरण तयार गर्न अर्थमन्त्री डा महतसमक्ष अनुरोध गरे । विकास परियोजनाहरुमा कर्मचारीहरुको फेरबदल भैरहँदा काम गर्न असजिलो हुने गरेको डीएफआईडीको अनुभव पनि व्यक्त गरे । उनले नेपालको क्षमता बढाउन बेलायतले सहयोग गर्ने बताए ।

भेटघाट तथा छलफलका अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र नेपालका लागि बेलायतका राजदूत एण्ड्यु जेम्स स्पार्क तथा दूतावासका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय