२१ कात्तिक २०८३, शनिवार

सुरु भयो, काठमाडौं जिल्ला संघको चुनावी रौनक ! सिताराम काफ्ले चुनावी मैदानमा

२०७१ फागुन ४, सोमबार
सुरु भयो, काठमाडौं जिल्ला संघको चुनावी रौनक ! सिताराम काफ्ले चुनावी मैदानमा

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको चुनावी रौनक शुरु भएको छ । संघको अध्यक्ष पदकालागि वर्तमान महासचिव सिताराम काफ्ले चुनावी मैदानमा उत्रिले पक्का भएको छ ।

बामपन्थीहरुको कब्जा जस्तै बनेको जिल्ला संघमा यस पटक प्रजातान्त्रिकधारका सहकारीकर्मीहरुको नेतृत्व आउने भविष्यवाणी गर्न थालीएको छ ।

यता बामपन्थीपक्षधरका सहकारीकर्मीहरुबाट कसको नेतृत्वमा अघि बढ्ने भन्ने टुङ्गो लागेको छैन । यसका लागि पार्टीले निर्णय हुनुपर्ने भएकाले हाल सम्म टुङ्गो नलागेको हो । अध्यक्ष पदकालागि वर्तमान अध्यक्ष केवी उपे्रती, कोषाध्यक्ष परितोष पौड्याल र टेकप्रसाद चौलागाईको नाम चर्चामा रहेको छ । उप्रेती संघमा अध्यक्ष भएको यो दोस्रो कार्यकाल हो । उनी सहकारी बैंकका प्रवन्ध संचालक समेत हुन् । पौड्याल संघको कोषाध्यक्ष रहेका छन् । त्यस्तै उनी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव हुन् । चौलागाईको नेतृत्वमा प्यालन सहित आउने सम्भावना बढीदेखिएको छ ।

आफ्नो पक्षमा नेतृत्वपार्नका लागि प्रजातान्त्रिकधारका सहकारीकर्मीहरु दिनरात लागेका छन् । बामपन्थी पक्षधरका सहकारीकर्मीहरुले नेतृत्व गरेको बेला सहकारीका हितमा भन्दा पनि राजनीतिक गर्ने थलो बनाएको भन्दै यसपटक आफ्नो पक्षमा पार्न लागि परेको एक सहकारीकर्मीले बताए ।

काफ्लेलाई नेशनल कोअपरेर्टस एलायन्सले अध्यक्षमा अघि सारेको हो । झण्डै दुई बर्ष अघि स्थापना भएको एलायन्स काठमाडौंका विभिन्न क्षेत्रीमा क्षेत्रीय उप समिति बनाई क्रियाशिल रहेको छ । काफ्ले एलायन्सको केन्द्रीय सचिव समेत हुन् । बामपन्थीहरु प्यानलसहित आउने भएकाले प्रजातान्त्रिक धारका सहकारीकर्मीहरु पनि प्यानल सहित आउने तयारी गरेका छन् । प्रजातान्त्रिक धारका सहकारीकर्मीहरु सकेसम्म सहमती नभए चुनावी मैदानमा उत्रिने पक्षमा देखिएको छ ।

काठमाडौं जिल्ला संघमा हाल १८ सय २० सहकारी संस्था सदस्य रहेका छन् । यस मध्ये केही सहकारी खारेजीमा गएका छन् भने केही मर्ज भैसकेका छन् । १३ सयको हाराहारीमा प्रतिनिधि आउने अपेक्षा गरिएको छ । संघको चुनावी साधारणसभा यही फागुन १५ गतेका लागि बोलाइएको छ ।

अभिलेख

लोकप्रिय