२१ कात्तिक २०८३, शनिवार

एक करोडसम्म कारोबार गर्ने सहकारीलाई कर छुट हुनुपर्छ– कडेंल

२०७१ फागुन २, शनिवार
एक करोडसम्म कारोबार गर्ने सहकारीलाई कर छुट हुनुपर्छ– कडेंल

काठमाडौं । राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले एक करोड रुपैंयासम्म कारोबार गर्ने सहकारीलाई कर छुट गरिनुपर्ने बताएका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको प्रथम साधारणसभामा बोल्दै कडेंलले नगर तथा ग्रामिण क्षेत्रमा संचालित सहकारीलाई कर छुट गर्नुपर्ने बताए ।

‘केही सहकारीहरु नियतबस रुपमा समस्या उत्पन्न भएका हुन् ।’ उनले भने– ‘हाल देखिएको समस्यालाई समाधान गर्न सहकारी ऐन परिमार्जन गर्नु आवश्यक छ ।’  ऐन परिवर्तनका लागि राष्ट्रिय संघले बारम्बार लविङ गर्दै आएको उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा काठमाडौं जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले अधिकांश बहुृद्देश्यीय सहकारी संघले बचत तथा ऋणको कारोबार गरेको बताउँदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष तुलसीप्रसाद सापकोटाले बहुउद्देश्यीय सहकारीलाई रोजगारी मुलक क्षेत्रको पहिचान गरी योजना बनाई कार्यान्वयन गर्न सुझाव दिए । संघले उत्पादन र रोजगारी मुलक कार्ययोजना बनाई कार्यान्वयन समेत गरिने सापकोटाको भनाई थियो ।

कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली प्रसाद सापकोटालाई सम्मान गरिएको थियो । संघले सहकारी क्षेत्रमा उत्कृष्ठ कलम चलाएको भन्दै सापकोटालाई सम्मान गरेको हो ।

अभिलेख

लोकप्रिय