एक करोडसम्म कारोबार गर्ने सहकारीलाई कर छुट हुनुपर्छ– कडेंल
काठमाडौं । राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंलले एक करोड रुपैंयासम्म कारोबार गर्ने सहकारीलाई कर छुट गरिनुपर्ने बताएका छन् । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघको प्रथम साधारणसभामा बोल्दै कडेंलले नगर तथा ग्रामिण क्षेत्रमा संचालित सहकारीलाई कर छुट गर्नुपर्ने बताए ।
‘केही सहकारीहरु नियतबस रुपमा समस्या उत्पन्न भएका हुन् ।’ उनले भने– ‘हाल देखिएको समस्यालाई समाधान गर्न सहकारी ऐन परिमार्जन गर्नु आवश्यक छ ।’ ऐन परिवर्तनका लागि राष्ट्रिय संघले बारम्बार लविङ गर्दै आएको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा काठमाडौं जिल्ला उपभोक्ता सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाईले अधिकांश बहुृद्देश्यीय सहकारी संघले बचत तथा ऋणको कारोबार गरेको बताउँदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए । काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष तुलसीप्रसाद सापकोटाले बहुउद्देश्यीय सहकारीलाई रोजगारी मुलक क्षेत्रको पहिचान गरी योजना बनाई कार्यान्वयन गर्न सुझाव दिए । संघले उत्पादन र रोजगारी मुलक कार्ययोजना बनाई कार्यान्वयन समेत गरिने सापकोटाको भनाई थियो ।
कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्ली प्रसाद सापकोटालाई सम्मान गरिएको थियो । संघले सहकारी क्षेत्रमा उत्कृष्ठ कलम चलाएको भन्दै सापकोटालाई सम्मान गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
