२१ कात्तिक २०८३, शनिवार

रौतहट बचत संघको १८ औं साधारणसभा सम्पन्न

२०७१ माघ २९, बिहिबार
रौतहट बचत संघको १८ औं साधारणसभा सम्पन्न

चन्द्रपुर । रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघको १८ औं साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभा संघका अध्यक्ष खड्ग बमजनको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले अध्यक्ष बमजन, लेखा संयोजक गणेश पोखरेल र कोषाध्यक्ष रामबाबु चौधरीको प्रतिवेदन सुझावसहित पारीत गरेको छ ।

साधारणसभाले जिल्लाको उत्कृष्ट संस्थाको रुपमा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था र उत्कृष्ट सहकारीकर्मीको रुपमा एकीकृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद उपाध्यायलाई सम्मानित गरिएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी संघ र जिल्ला संघको सहकार्यमा सञ्चालित लेखा तथा व्यवस्थापन तालीमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अभिलेख

लोकप्रिय