२१ कात्तिक २०८३, शनिवार

एभरेष्ट सहकारीद्धारा मुनाफा वितरण

२०७१ माघ २९, बिहिबार
एभरेष्ट सहकारीद्धारा मुनाफा वितरण

सोलुखुम्बु । एभरेष्ट सहकारी संस्था लिमिटेड सल्लेरी सोलुखुम्बुले आफ्ना सेयर सदस्यहरुलाई मुनाफा वितरण गरेको छ । संस्थाले आर्थिक वर्ष २०७०–७१ मा कमाएको कुल मुनाफा ३ लाख ५६ हजार ४ सय ९५ रुपैयाँ मध्ये ३ लाख रुपैयाँ सेयर सदस्यहरुलाई लाभांशको रुपमा वितरण गरेको हो ।
२०६७ सालमा स्थापना भएको सहकारी संस्थामा ३ सय ३५ जना शेयर सदस्य रहेका छन् । आर्थिक वर्ष २०७०–७१ मा ६९ लाख ८२ हजार ५ सय ३६ रुपैया कारोबार गरेको संस्थाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै दुधकुण्ड नगरपालीका तथा काकुँ, बासा र देउसा गाविसलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।
त्यस्तै सहकारी संस्थाले जिल्ला पशु सेवा कार्यलय सोलुखुम्बुसँग समन्वय गरी सहकारी खेतीमा आधारीत कुखुरा पालन व्यवसाय समेत सञ्चालन गर्दै आएको बताईएको छ । कुखुरा पालन व्यवसायबाट संस्थाले हालसम्म १ लाख रुपैया मुनाफा कमाएको सो अबसरमा जानकारी गराईयो । कृषि व्यबसायलाई जोड दिदै संस्थाले आगामि दिनमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गर्ने, शेयर सदस्यता संख्या बढाउने र मुद्धती बचतलाई बिस्तार गर्ने रहेको संस्थाका उपाध्यक्ष गोबिन्द बस्नेतले बताए ।

अभिलेख

लोकप्रिय