सहकारीलाई गभर्नरको सुझाव दर्ता रोकेर एकीकरण प्रकृयालाई अनुशरण गर
काठमाडौ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले सहकारीहरुको दर्ता प्रक्रिया रोकेर मर्जरमा जानुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा भई रहेको दोस्रो साकोस शिखर गोष्ठिको अवसरमा बोल्दै खतिवडाले सहकारीहरु दर्ता नरोक्दासम्म मर्जर अभियान सफल नहुने बताए ।
एकातिर दर्ता गरिरहने र अर्कोतिर मर्जरको कुरा गर्दा यो अभियान सफल नहुने भएकोले राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था दर्ता बन्द गरेर मर्जरमा गएकोले सहकारीमा पनि त्यो प्रक्रियालाई अनुशरण गर्नुपर्दछ । दर्ता खुला राखेर एकीकरणको कुरा गरिरहदा खाल्डो खन्ने र पुर्ने काम भई रहेको खतिवडाले बताए । अहिले बैक तथा वित्तिय संस्थाहरु धेरै तर सेवा थोरै भई रहेको जस्तै सहकारीमा पनि त्यही अवस्था रहेको बताउदै खतिवडाले थोरै संस्था र प्रभावकारी सेवाका लागि गम्भिर हुन सहकारीकर्मीहरुलाई आग्रह गरे ।
१५ प्रतिशत हिस्सा भएको सहकारी क्षेत्र हल्लिदा अर्थतन्त्रमा गम्भिर समस्या पर्ने भएकोले सहकारी अभियन्ताहरु गम्भिर हुन जोडदिए । सहकारीको नियामक निकायको रुपमा नेपाल राष्ट्र बैंक नभएपनि सहकारीका कारण अर्थतन्त्रमा समस्या आउदा नेपाल राष्ट्र बैंकलाई पनि गम्भिर चुनौति हुने भएकोले सहकारीको नियमनका लागि आफुहरुको ध्यानाकर्षण भएको बताए । खतिवडाले सहकारी क्षेत्रको नियमनका लागि स्थायी र शक्तिशाली निकाय आवश्यक रहेको बताउदै यसका लागि राज्य गम्भिर हुनुपर्ने बताए ।
सहकारीहरु समुदायमा आधारित हुनुपर्नेमा व्यक्तिकेन्द्रीत हुदै गएकोमा चिन्ता गर्दै खतिवडालेसंस्थाहरु एकीकरण मात्रै होइन रुपान्तरणको पनि जरुरी रहेको बताउनुभयो । सहकारी समुदायमा आधारित हुनुपर्ने भएपनि सीमित व्यक्तिहरुले बैंक सरह चलाउने प्रवृत्ति रहेको बताए । खतिवडाले नयां घोषणा भएका नगरपालिकाहरुको पूर्वाधार विकास नभई सकेकोले गाविससरह नै कर यथावत रहनुपर्ने बताए ।
समिटमा कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियन सहकारीविद वर्थिङटन मार्कले सहकारीको सेवा विस्तार र प्रभाावकारिताका लागि एकीकरण अत्यावश्यक भएको बताउनुभयो । नेपालको सहकारी अभियानले महत्वपूर्ण योगदान गरिरहेको बताउदै यसको व्यवस्थापनका लागि एकीकरण अभियानमा जान अनिवार्य रहेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
