अर्थमन्त्री जापान प्रस्थान
काठमाडौं । सडक विस्तारमा नयाँ प्रविधि भित्र्याउने विषयमा अध्ययन गर्न अर्थमन्त्री डा. रामशरण महत जापान प्रस्थान गरेका छन् । सडक विकासमा जापानी सुरुङ प्रविधि नेपाल भित्र्याउने विषयमा अध्ययन गर्न महत शनिबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जापानको सहयोगमा काठमाडौंदेखि नौविसे जोड्ने टनेल निर्माण हुने भएकोले यस प्रविधिको प्रभावकारिता अध्ययनका लागि महत जापान भ्रमणमा गएका हुन् । उक्त टनेल सडकलाई जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले अगाडि बढाइरहेको छ । पहाडी मुलुक भएकोले नेपालका अन्य भागमा पनि यस्तो प्रविधि उपयोगी हुने भएकोले यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।
जापान रहँदा महतले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम पनि छ । भ्रमण टोलीमा अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे, सडक विभागका महानिर्देशक माधवकुमार कार्की, उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ, सीडीई नविनकुमार पोखरेल, अनन्तप्रसाद पौडेल र शिवप्रसाद नेपाल रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
