२१ कात्तिक २०८३, शनिवार

सहकारीलाई गभर्नरको सुझाव दर्ता रोकेर एकीकरण प्रकृयालाई अनुशरण गर

२०७१ माघ २५, आईतवार
सहकारीलाई गभर्नरको सुझाव दर्ता रोकेर एकीकरण प्रकृयालाई अनुशरण गर

काठमाडौ ।  नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले सहकारीहरुको दर्ता प्रक्रिया रोकेर मर्जरमा जानुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा भई रहेको दोस्रो साकोस शिखर गोष्ठिको अवसरमा बोल्दै खतिवडाले सहकारीहरु दर्ता नरोक्दासम्म मर्जर अभियान सफल नहुने बताए ।

एकातिर दर्ता गरिरहने र अर्कोतिर मर्जरको कुरा गर्दा यो अभियान सफल नहुने भएकोले राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था दर्ता बन्द गरेर मर्जरमा गएकोले सहकारीमा पनि त्यो प्रक्रियालाई अनुशरण गर्नुपर्दछ । दर्ता खुला राखेर एकीकरणको कुरा गरिरहदा खाल्डो खन्ने र पुर्ने काम भई रहेको खतिवडाले बताए । अहिले बैक तथा वित्तिय संस्थाहरु धेरै तर सेवा थोरै भई रहेको जस्तै सहकारीमा पनि त्यही अवस्था रहेको बताउदै खतिवडाले थोरै संस्था र प्रभावकारी सेवाका लागि गम्भिर हुन सहकारीकर्मीहरुलाई आग्रह गरे ।

१५ प्रतिशत हिस्सा भएको सहकारी क्षेत्र हल्लिदा अर्थतन्त्रमा गम्भिर समस्या पर्ने भएकोले सहकारी अभियन्ताहरु गम्भिर हुन जोडदिए । सहकारीको नियामक निकायको रुपमा नेपाल राष्ट्र बैंक नभएपनि सहकारीका कारण अर्थतन्त्रमा समस्या आउदा नेपाल राष्ट्र बैंकलाई पनि गम्भिर चुनौति हुने भएकोले सहकारीको नियमनका लागि आफुहरुको ध्यानाकर्षण भएको बताए । खतिवडाले सहकारी क्षेत्रको नियमनका लागि स्थायी र शक्तिशाली निकाय आवश्यक रहेको बताउदै यसका लागि राज्य गम्भिर हुनुपर्ने बताए ।

सहकारीहरु समुदायमा आधारित हुनुपर्नेमा व्यक्तिकेन्द्रीत हुदै गएकोमा चिन्ता गर्दै खतिवडालेसंस्थाहरु एकीकरण मात्रै होइन रुपान्तरणको पनि जरुरी रहेको बताउनुभयो । सहकारी समुदायमा आधारित हुनुपर्ने भएपनि सीमित व्यक्तिहरुले बैंक सरह चलाउने प्रवृत्ति रहेको बताए । खतिवडाले नयां घोषणा भएका नगरपालिकाहरुको पूर्वाधार विकास नभई सकेकोले गाविससरह नै कर यथावत रहनुपर्ने बताए ।

समिटमा कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियन सहकारीविद वर्थिङटन मार्कले सहकारीको सेवा विस्तार र प्रभाावकारिताका लागि एकीकरण अत्यावश्यक भएको बताउनुभयो । नेपालको सहकारी अभियानले महत्वपूर्ण योगदान गरिरहेको बताउदै यसको व्यवस्थापनका लागि एकीकरण अभियानमा जान अनिवार्य रहेको बताए ।

अभिलेख

लोकप्रिय