२१ कात्तिक २०८३, शनिवार

पत्रकारहरुको सहकारीमा नयाँ नेत्तृत्व, सहकारी क्षेत्रको उत्कृष्ठ समाचार लेख्नेलाई पुरस्कृत गरिने

२०७१ माघ २४, शनिवार
पत्रकारहरुको सहकारीमा नयाँ नेत्तृत्व, सहकारी क्षेत्रको उत्कृष्ठ समाचार लेख्नेलाई पुरस्कृत गरिने

धादिङ । चौतारी संचार सहकारी संस्थाको दोस्रो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार धादिङको सदरमुकाम धादिङबेसीमा सम्पन्न सभाले राजेन्द्रकुमार बस्नेतको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षहरुमा पोषनाथ अधिकारी र अर्जुन खतिवडा, महासचिवमा मुरारी अधिकारी, सचिवमा ठाकुर गुरुङ र कोषाध्यक्षमा तिलक सिम्खडा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा केशव अधिकारी, नारायण सिलवाल, सृजना खनाल, मनिष दुवाडी र शंकर श्रेष्ठ चयन भए ।

सभाले निवर्तमान अध्यक्ष राजाराम शर्माको संयोजकत्वमा पुष्प थपलिया र सुदिप कोईराला सदस्य रहेको लेखा समिति, केशव अधिकारीको संयोजकत्वमा गिता अधिकारी र मनिष दुवाडी सदस्य रहेको ऋण उप समिति, नारायण सिलवालको संयोजकत्वमा मुना सिम्खडा र सुनिता सिम्खडा सदस्य रहेको शिक्षा उप समितिको पनि गठन गरेको छ ।

सभाले चौतारी संचार सहकारी संस्था लाई धादिङ संचार सहकारी संस्थाको रुपमा नाम परिवर्तनको प्रस्ताव सर्वसम्मतबाट पारीत गरेको छ ।

संस्थाले जिल्लामा रहेर सहकारीका क्षेत्रको उत्कृष्ठ समाचार लेख्ने एक जनालाई पुरस्कृत गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी संस्थाद्धारा प्रकाशित हुने सहकारी सरोकार मासिक पत्रिकाको व्यवस्थापनका लागि शंकर श्रेष्ठको संयोजकत्वमा गोमा थापा सदस्य रहेको प्रकाशन उपसमितिको समेत गठन गरेको छ । सहकारी सरोकार मासिकको सम्पादकमा भने गोकर्ण दुवाडी रहेका छन् ।

अभिलेख

लोकप्रिय