११ बुंदे घोषणापत्र जारी गर्दै दोस्रो साकोस समिट सम्पन्न
काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानको संस्थागत विकास, उपलव्धि रक्षा तथा विद्यमान जोखिम र चुनौतिहरुको व्यवस्थापनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा आयोजित दुई दिने साकोस शिखर गोष्ठि सम्पन्न भएको छ ।
“एकीकृत साकोस प्रणालीतर्फः आज र पछि पनि” भन्ने मूलनाराका साथ सम्पन्न समिटले बचत तथा ऋण सहकारीको सुशासन, नियमन, जोखिम व्यवस्थापन र विस्तारका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनको माग गरेको छ । साकोस अभियानलाई एकीकृत साकोस प्रणालीमार्फत एकीकृत, गुणात्मक र सशक्त बनाउदै गरीवी न्युनकिरणका लागि सामाजिक एकता कायम गरी समृद्ध, स्वावलम्वी र आत्मनिर्भर नेपाल निर्माणका लागि उच्च संकल्प र प्रतिवद्धता गोष्ठिले जाहेर गरेको छ ।
बचत तथा ऋण सहकारी क्षेत्रभित्र देखिएका विकृति र चुनौतिहरुलाई समाधान गर्नका लागि पल्र्सलगायत उन्नत विधि र प्रविधिको प्रयोग, तरलता व्यवस्थापन, लगानीलाई कृषि तथा उत्पादनमुखी परियोजना केन्द्रीत बनाउने र सहकारीलाई गरीव तथा सीमान्तकृत समुदाय विशेषतः युवा महिलाहरुवीच विस्तार गर्ने प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।
बचत तथा ऋण सहकारी अभियानलाई समुदायमा आधारित एवम् सदस्य केन्द्रीत, अनुशासित एवम् मर्यादित बित्तीय एवम् सामाजिक संस्थाको रुपमा प्रत्याभूत गर्न नेफ्स्कूनको अगुवाईमा सञ्चालित कार्यक्रम र सञ्जालमा अनिवार्य सहभागी हुने प्रतिवद्धता जाहेर गरेको छ । बचत तथा ऋण सहकारीमा रणनीतिक योजनाको अभ्यास, गुणस्तर प्रवद्र्धन र स्तरीयकरणका लागि जोखिममा आधारित अनुगमन, प्रोवेशन (राष्ट्रिय मापदण्ड), अन्तरराष्ट्रिय मापदण्ड (एक्सेस) ब्राण्डिङलगायतका कार्यक्रमहरुलाई आधारभूत तहमा पुर्याई सीप र प्रविधिलाई स्थानीयकरण गर्ने प्रतिवद्धता घोषणापत्रमा रहेको छ ।
सहकारीको सक्षमताका लागि एकीकरण र सोको प्रवद्र्धनमार्फत गुणस्तरीयतामा ध्यान दिने, संस्थागत सुशासन कायम गर्ने, नीति तथा कार्यविधिहरुको विकास तथा आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउने प्रतिवद्धतासमेत घोषणापत्रमा समेटिएको छ । नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा सम्पन्न दोस्रो साकोस शिखर गोष्ठिमा दश वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । मुलुकभरका सहकारी अभियन्ताहरु, अष्ट्रेलिया, क्यानडा, श्रीलंका र थाइल्याण्डलगायतका सहकारी विज्ञहरु, सरकारी तथा सरोकारवाला निकायका ५ सय भन्दा बढी सहभागीहरुको उपस्थित रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
