२१ कात्तिक २०८३, शनिवार

पोयमाण्डूको २५ औं शृङ्खलामा नेपाली र अंग्रेजी भाषाका कविता

२०७१ माघ २३, शुक्रबार
पोयमाण्डूको २५ औं शृङ्खलामा नेपाली र अंग्रेजी भाषाका कविता

काठमाडौं । पोयमाण्डूको २५ औं शृङ्खलामा विभिन्न शैलिका कविताहरु अग्रजदेखि समकालीन पुस्तासम्मका कविहरुले आ आफ्ना कविताहरु वाचन गरेका छन् । कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता वाचन गरिएको थियो ।

भारतीय दुतावास र नेपाल बीपि कोइराला नेपाल भारत प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अग्रज कवि दिनेश अधिकारी, कवि एवं समालोचक डा. ज्ञानु पाण्डे, नाट्कर्मी एवं कवि अशेष मल्ल, डा. उषा ठाकुर, चिराग वाङ्देलले आफ्ना कविता सुनाएका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले पोयमाण्डूले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको खुलेर चर्चा गरे । पोयमाण्डूलाई नियमित रुपमा संचालन गरेकोमा भारतीय दुतावासका प्रथम सचिव अभय कुमारलाई बधाई समेत दिए । कार्यक्रममा गिरीले कांगे्रसका नेता विपि कोइराला र कृष्णप्रसाद भट्टराई संग प्रवासमा बस्दाका अनुभव पनि साटा साट गरे ।

कार्यक्रममा भारतीय दुतावासका प्रथम सचिव अभय कुमारले पनि अंगे्रजी भाषाका कविता सुनाएका थिए । २५ महनिाघि सुरु भएको पोयमाण्डू हरेक महिना संचालन हुँदै आएको छ ।

अभिलेख

लोकप्रिय