२१ कात्तिक २०८३, शनिवार

गलत व्यक्तिका कारण सहकारी सुधारमा समस्या : अर्थविद् डा. नेपाल

२०७१ माघ २३, शुक्रबार
गलत व्यक्तिका कारण सहकारी सुधारमा समस्या : अर्थविद् डा. नेपाल

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा अर्थविद् डा. चिरन्जिवी नेपालले गलत काम गर्ने व्यक्तिहरु प्रभावशाली भएकाले सहकारीमा सुधार गर्न कठिनाई भएको बताएका छन् । सहकारी सुधारमा नीतिगत तहमा प्रयास भए पनि त्यसको प्रभावकारी रुपमा लागु हुन नसकेको उनको भनाई थियो ।

संकटा बचत तथा ऋण सहकारीको १५ औं बार्षिक साधारण सभामा बोल्दै नेपालले सहकारीमा गतिलो नीति नियम नभएकाले बदमासी गर्नेलाई कारबाही गर्न नसकिएको बताए । प्रधानमन्त्री कार्यालयबाट ऋण असुली निर्देशिका लागु गर्नका लागि स्विकृत भएर आए पनि प्रभावशाली व्यक्तीहरुको चलखेलका कारण रोकिन गएको डा.नेपालको आरोप थियो ।

सहकारीमा निक्षेपकोे जोखिम बढ्दै गएकाले सहकारी बिमा कार्यक्रमलाई लागु गर्न सबै निकायले पहल थाल्नुपर्ने नेपालको सुझाव थियो । सहकारीमा कम्जोर र अपारदर्शी व्यवस्थापन हुँदा गलत तत्वले फाईदा लिने भएकाले सदस्यहरु आफै सर्तक हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले उत्पादन क्षेत्रमा काम गर्न चहाने सहकारीलाई बाटो खुल्ला गर्न नीतिमै व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले हाल सहकारीमा लाग्दै आएको करलाई घटाउन सके सरकारले अहिले सोचे भन्दा बढी कर सहकारीबाट उठाउन सक्ने धारण राखे ।

अभिलेख

लोकप्रिय