२१ कात्तिक २०८३, शनिवार

अर्थविद् डा. नेपाल भन्छन – गलत व्यक्तिका कारण सहकारी सुधारमा समस्या आयो संकटा साकोसमा नयाँ नेतृत्व

२०७१ माघ २३, शुक्रबार
अर्थविद् डा. नेपाल भन्छन – गलत व्यक्तिका कारण सहकारी सुधारमा समस्या आयो संकटा साकोसमा नयाँ नेतृत्व

काठमाडौ। प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा अर्थविद् डा. चिरन्जिवी नेपालले गलत काम गर्ने व्यक्तिहरु प्रभावशाली भएकाले सहकारीमा सुधार गर्न कठिनाई भएको बताएका छन् । सहकारी सुधारमा नीतिगत तहमा प्रयास भए पनि त्यसको प्रभावकारी रुपमा लागु हुन नसकेको उनको भनाई थियो ।

संकटा बचत तथा ऋण सहकारीको १५ औं बार्षिक साधारण सभामा बोल्दै नेपालले सहकारीमा गतिलो नीति नियम नभएकाले बदमासी गर्नेलाई कारबाही गर्न नसकिएको बताए । प्रधानमन्त्री कार्यालयबाट ऋण असुली निर्देशिका लागु गर्नका लागि स्विकृत भएर आए पनि प्रभावशाली व्यक्तीहरुको चलखेलका कारण रोकिन गएको डा.नेपालको आरोप थियो ।

सहकारीमा निक्षेपकोे जोखिम बढ्दै गएकाले सहकारी बिमा कार्यक्रमलाई लागु गर्न सबै निकायले पहल थाल्नुपर्ने नेपालको सुझाव थियो । सहकारीमा कम्जोर र अपारदर्शी व्यवस्थापन हुँदा गलत तत्वले फाईदा लिने भएकाले सदस्यहरु आफै सर्तक हुनुपर्ने बताए ।

sankata15_agm

कार्यक्रममा राष्टिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले उत्पादन क्षेत्रमा काम गर्न चहाने सहकारीलाई बाटो खुल्ला गर्न नीतिमै व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले हाल सहकारीमा लाग्दै आएको करलाई घटाउन सके सरकारले अहिले सोचे भन्दा बढी कर सहकारीबाट उठाउन सक्ने धारण राखे ।

संकटा साकोसमा नयाँ नेतृत्व

sankata_15_agm
संकटा बचत तथा ऋण सहकारी संस्था (साकोस)को १५ औँ बार्षिक साधारण सभाले उत्तम बहादुर सिंहको अध्यक्षतामा नयाँ संचालक समिती चयन गरेको छ ।
सभाले सो नेतृत्व सर्वसहमतीमा चयन गरेको हो । सभाले संस्थाको सचिवमा विन्देश्वर श्रेष्ठ चयन भए । त्यस्तै सदस्यहरुमा माधवलाल जोशी, कैलाश प्रसाद श्रेष्ठ, आशा वासुकला, विकास सुवाल र लक्ष्मी मानन्धर छन् । त्यस्तै लेखा समितीको संयोजकमा दिव्यश्वर प्रसाद श्रेष्ठ र सदस्यहरुमा उमेशकुमार तुलाधर, हिरण्य बज्र बज्राचार्य चयन भए । त्यस्तै ऋण उपसिमितिको सदस्यमा प्रविणमान सिह र सुलोचना प्रधानलाई चयन भएका छन् ।

अभिलेख

लोकप्रिय