२१ कात्तिक २०८३, शनिवार

लेखा व्यवसायको नियमन र विकासमा लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण

२०७१ माघ २१, बुधबार
लेखा व्यवसायको नियमन र विकासमा लेखापरीक्षकहरुको भूमिका महत्वपूर्ण

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) का अध्यक्ष मोहनराज रेग्मीले नेपाली लेखा व्यवसायको नियमन र विकासमा लेखापरीक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मंगलबार काठमाडौं जिल्लाको तेस्रो जिल्ला परिषदको उदघाटन गर्दै रेग्मीले अहिलेको जनशक्ति र लेखापरीक्षण गर्नुपर्ने निकायहरुको संख्याको आधारमा आइक्यानले लागु गर्न खोजेको एक व्यक्ति एक पेशाको नीति तत्काल लागु गर्न नसकिने भएकोले त्यसलाई अझै केही समय पर सार्न जरुरी रहेको बताए ।

जिल्ला परिषदमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले आइक्यानको काउन्सिलमा अडानका केन्द्रीय अध्यक्षलाई पदेन सदस्य, महिला दुईसहित दश जनाको प्रतिनिधित्व गराउन मांग गरेका छन् । परिषदले आगामी फागुन ८ र ९ गते पोखरामा सम्पन्न हुने तेस्रो राष्ट्रिय परिषदलाई भव्य र सभ्य बनाउने निर्णयसमेत गरेको छ ।

परिषदमा कोषाध्यक्ष कुमार खतिवडाले प्रतिवेदन प्रस्तुत गर्दै संगठनको आर्थिक अवस्था सुदृढ बनाउने कार्ययोजना प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय