२१ कात्तिक २०८३, शनिवार

२ संचार सहित ६९ सहकारी निष्कृय

२०७१ माघ २१, बुधबार
२ संचार सहित ६९ सहकारी निष्कृय

धादिङ । सहकारी संस्था स्थापना हुनेक्रम बढे संगै संचालन गर्न नसकेर खारेजीमा पर्ने संख्या धादिङमा बर्षेनी बढ्दै जान थालेको छ ।

डिभिजन सहकारी कार्यालयमा नियमित रुपमा पेश गर्नुपर्ने विवरणहरु समयमै बुझाउन नसकेका जिल्लाका विभिन्न स्थानका ६९ वटा सहकारी सस्थालाई कार्यालयले लिखित तथा सार्वजनिक सूचना जारी गरेर सचेत गराएको छ । सहकारी ऐन २०४८ को दफा ३४ अनुसारका पेश गर्नुपर्ने बिबरण समयमै पेश गर्न नसकेपछि निष्कृय संस्थाको सूचिमा परेकाहरुमा २ वटा संचार सहकारी संस्था पनि रहेका छन् ।

निष्कृय संस्थाको सूचिमा परेकाे संचार सहकारीमा सामुदायिक संचार बहुउद्देश्यीय सहकारी संस्था धादिङबेसी र नौविसे गाविसको वडा नम्बर १ मा रहेको गाउंघर संचार सहकारी संस्था रहेका छन् । सामुदायिक संचार सहकारीले रेिडयाे लाेकतन्त्र संचालन रहेकाे छ भने गाउंघर संचार सहकारी कृषि एफ एमको संचालन गरिरहेको छ ।

यसरी निष्कृय हुनेहरुमा २८ वटा कृषि सहकारी, १० वटा दुग्ध उत्पादक, ८ वटा बचत तथा ऋण, ७ वटा फलफुल तथा तरकारी, ७ वटा बहुउद्धेश्यिय, ३ वटा जडिबुटी उत्पादन,२ वटा ग्रामीण बिद्युत्त, २ वटा संचार, चिया तथा कफी, स्वास्थ्य , र साना किसान सहकारी संस्था १–१ वटा रहेको डिभिजन सहकारी अधिकृत कृष्णवहादुर वोहोराले जानकारी दिए ।

अभिलेख

लोकप्रिय