२१ कात्तिक २०८३, शनिवार

अन्तरसहकारी रेमिटान्स बिषयक अन्तरकृया सम्पन्न

२०७१ माघ २१, बुधबार
अन्तरसहकारी रेमिटान्स बिषयक अन्तरकृया सम्पन्न

नवलपरासी । दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा रहेका सहकारी संस्था तथा बिपन्न समुदाय लाई लच्छित गरी अक्स्फामको आयोजना र प्रभु मनी ट्रान्स्फरको सहकार्यमा नवलपरासीको गैंडाकोटमा अन्तरसहकारी रेमिटान्स तथा बित्तीय सेवा बिषयक अन्तरकृया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

दुई दिने कार्यक्रममा बिशेष गरी सहकारी संस्थाको स्तर(उन्नती तथा सुरक्षित रेमिटान्सको प्रयोग, साथै यसबाट स्थानिय समुदाय तथा सहकारी संस्थालाई हुने फाईदाका बारेमा बिशेष चर्चा गरिएको जनाएको छ ।
।
कार्यक्रममा नेपाल भरी छरिएर रहेका ग्रामीण भेगका सहकारी संस्थाले प्रभुसँग आबद्ध भई स्थानिय समुदायलाई सुरक्षित र भरपर्दो तरिकाले रेमिटान्स तथा अन्य बित्तिय सेवा प्रदान गर्न सकिने कुरा सबैलाई जानकारी गराइएको थियो । उक्त कार्यक्रममा दयपुर, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली, सुर्खेत तथा दैलेख गरी १० जिल्ला बाट कारीब २७ ग्रामीण सहकारी संस्थाका ७० जना प्रतिनिधी उपस्थित भएका थिए ।

अभिलेख

लोकप्रिय